प्रधानमन्त्री देउवाको प्रस्ताव ओलीद्वारा अस्वीकार

प्रधानमन्त्री देउवाको प्रस्ताव ओलीद्वारा अस्वीकार

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न चाहेको कुरा व्यक्त गरेका छन् । एक पत्रिकालाई अन्तर्वार्ता दिंदै देउवाले आफूले ओलीसँग भेट्ने चाहना राखेको तर ओलीले अस्वीकार गरेको उल्लेख गरे ।

सरकारी सञ्चार माध्यम गोरखापत्र दैनिकलाई अन्तर्वार्ता दिने क्रममा प्रधानमन्त्री देउवाले सो कुराको खुलासा गरेका हुन् ।

अन्तर्वार्ताको क्रममा उनले भने, ‘मैले भन्या छु, कुरा गर्न जान्छु। एक्लै जान्न, साथी लिएर जान्छु। मान्छे पठाउन र म आफैं जान तयार छु । ‘

उनले आफ्नो सरकार जनादेश र परमादेश दुवैबाट बनेको दाबी गरे । नेकपा एमालेले भने सरकार परमादेशबाट बनेको भन्दै आइरहेको छ ।

त्यस्तै उनले एमसीसी नेपालको हितमा भएको र छिट्टै नै यसलाई पारित गर्नुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *