बझाङको थलारामा पहिरो जाँदा २३ जना बे’पत्ता

बझाङको थलारामा पहिरो जाँदा २३ जना बे’पत्ता

काठमाडौं : बझाङमा पहिरोमा परी २३ जना बेप’त्ता भएका छन् । गएराति थलारा गाउँपालिका वडा नं ४ डिख्लामा गएको पहिरोमा परी २३ जना ह’राएका हुन।

सो गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने सात घर पु’रिएका छन् । बेप’त्ता हुनेमा स्थानीय गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् ।

गगने सार्की रोजगारीका लागी भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र हाल सम्पर्कमा आएका छन् ।

यति बेला पहिरोका कारण तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय त्रिभुवन मावि महेन्द्रधारमा अस्थायीरुपमा आश्रय लिइरहेका छन् ।

पूरा गाउँ पहिरोको जोखिममा रहेपछि सय भन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ती मावि पारा काट्नेका शिक्षक मदनबहादुर साउदले बताए ।

यस्तै अविरल वर्षाका कारण गएको पहिरोले सुदूर पश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध भएको छ ।

बाढीले सडक अवरु’द्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा सम’स्या भै रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *