ह’नीमुन सकिएकै दिन प्रम देउवाले किन गरे यस्तो घोषणा ? प्रचण्डको गयो सातो, अब गठबन्धनको के हुन्छ ?

ह’नीमुन सकिएकै दिन प्रम देउवाले किन गरे यस्तो घोषणा ? प्रचण्डको गयो सातो, अब गठबन्धनको के हुन्छ ?

सरकारको ह’नीमुनको समय पूरा भएको दिन अर्थात देउवा सरकारले सय दिन कटाएकै दिन प्रधानमन्त्री शेर बहादुर देउवाले गरेको घोषणाले गठबन्धन तरंगित बनेको छ । एमसीसी कुनै पनि हालतमा पास हुन नदिने घोषणा गरेका पुष्पकमल दाहाल प्रचण्ड प्रम देउवाको अभिव्यक्तीपछि झस्किएका हुन् ।

ठिक सय दिन कटेकै दिन प्रधानमन्त्री देउवको बोलेको कुराले सत्ता गठबन्धनमा हलचल ल्याएको छ । प्रधानमन्त्री देउवाले अब एमसीसीमा विवाद गरिराख्नु पर्ने कुनै कारण नभएको भन्दै तुरन्त पास गर्नु पर्ने अभिव्यक्ती दिएका छन् ।

बाहिर हल्ला गरिए जस्तो कुनै पनि प्रावधान एमसीसीमा नभएको जिकिर पनि उनले गरेका छन् । देउवाले वर्तमान सरकारलाई सम्मानित सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको पनि बताएका छन् ।

उनले सर्वोच्च अदालतले संविधानको व्याख्या गरेर प्रधानमन्त्री बनाउन परमादेश र प्रतिनिधि सभाको १६५ जना सांसदको विश्वास प्राप्त गरेर जनादेश पाएको स्पष्ट पारे ।

वर्तमान संयुक्त सरकारले सय दिन पूरा गरेको सन्दर्भमा गोरखापत्र दैनिकलाई मङ्गलबार दिएको विशेष अन्तर्वार्तामा प्रधानमन्त्रीले भने– “यो सरकारलाई परमादेश र जनादेश दुवै प्राप्त छ ।”

प्रधानमन्त्री देउवाले सङ्क्रमण अन्त्य भएर मुलुक लिकमा फर्किएको र अब संविधान सुरक्षित भएको बताए । उनले एमसीसी अमेरिकाले दिएको विकास अनुदान भएकाले यो नेपालको हितमा रहेको दाबी गर्दै भने– “अब यसमा विवाद गर्नु आवश्यक छैन । यसलाई छिटो पारित गर्नुपर्छ ।”

अब मुलुक राजनीतिक स्थिरतातर्फ उन्मुख भएको बताउँदै समयमै तीन तहको निर्वाचन गराउने प्रतिबद्धता प्रधानमन्त्री देउवाले व्यक्त गरे ।प्रधानमन्त्री देउवाले खुला अर्थतन्त्रलाई प्रोत्साहित गर्ने नीति लिएको बताए । यो सरकारले छिमेकी देश भारत र चीनसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको प्रस्ट्याउँदै भने, “भारत र चीनसँग राम्रो सम्बन्ध राख्नु नेपालको हितमा रहेको छ ।”

अहिले कमसेकम अन्योलको अवस्थाबाट ग्रस्त भएको देशलाई लिकमा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी चैतसम्म सबै नेपालीलाई खोप लगाइसक्ने सरकारको लक्ष्य रहेको छ भने।

कोरोनाविरुद्धको खोप उल्लेख्य मात्रामा आएको चर्चा गर्दै प्रधानमन्त्रीले भने, “नेपाललाई भारत र चीनले खोप सहयोग गरेको छ, अन्य देशबाट प्राप्त भइरहेको छ, अमेरिकासँग पनि खोप उपलब्ध गराउने विषयमा त्यहाँका परराष्ट्रमन्त्रीसँग कुराकानी भएको छ । मलाई विश्वास छ, यो वर्षको अन्त्यसम्म सबै नेपालीलाई खोप दिन सफल हुने छौँ ।”

संयुक्त अधिराज्य बेलायतले नेपाललाई रेड जोनबाट हटाएको छ र अन्य देशले पनि सहयोग गरेका छन् भन्दै नेपाललाई सबै देशले सहयोग गरेको उनले स्पष्ट पारे ।

विश्व स्वास्थ्य सङ्गठनले नेपालले कोरोना नियन्त्रणमा प्राप्त गरेको सफलतामा बधाई दिएको जानकारी दिदै उनले अहिले मानिसहरू आफ्नो पेसा र व्यवसायमा फर्केका छन्, यसलाई हामीले उपलब्धिका रूपमा लिनुपर्छ भने ।

अहिले मुलुकमा व्याप्त प्राकृतिक प्रकोपको चित्रण गर्दै प्रधानमन्त्रीले भने, “हामीले बाढी, पहिरो र डुबानको समस्या भोग्नुपरेको छ । बाढी पहिरोबाट पीडितहरूलाई खाद्यान्नलगायतको सहयोग पनि उपलब्ध गराएका छौँ ।

अघिल्लो सरकारले गरेका निर्णयमा पुनर्विचार हुन्छ कि भनिराखिएको जिज्ञासामा प्रधानमन्त्रीको भनाइ छ, “अघिल्लो सरकारका सबै नियुक्ति खारेज गर्नुपर्छ भन्नेचाहिँ होइन तर यसलाई विधिसम्मत गराउने र सच्चाउने प्रक्रिया यो सरकारले थालिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *