माधव नेपालले झाँक्रीमाथि फेरि किन चलाए डण्डा ? अब के होला यसको परिणाम ?

माधव नेपालले झाँक्रीमाथि फेरि किन चलाए डण्डा ? अब के होला यसको परिणाम ?

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सचिव तथा शहरी बिकाशमन्त्री रामकुमारी झाँक्रीमाथि कारवाहीको डण्डा चलाएका छन् । केन्द्रीय नेताहरुको कार्यबिभाजनमा पार्टी सचिवसमेत रहेकी झाँक्रीलाई पार्टीको कुनै पनि जिम्मेवारी नदिएर माधवले कार्वाही गरेका हुन् ।

आफ्ना भाई, भाञ्जा, सम्धी र ससुराली खालका नातेदारसम्मलाई केन्द्रीय सदस्य बनाएर महत्वपुर्ण जिम्मेवारी दिएका नेपालले सचिव रहे पनि झाँक्रीलाई कुनै जिम्मेवारी नदिएका हुन् । एकीकृत समाजवादीका एक नेताका अनुसार पार्टी कार्यकर्ताबीच आफू भन्दा रामकुमारीको खोजी हुन थालेपछि माधवले जिम्मेवारीबिहीन बनाएर हैसियत नभएको देखाउन खोजेका छन् ।

माधवले झाँक्रीमाथि यसअघि नै केन्द्रीय सदस्यको मातहतमा रहन बाध्य पारेर मन्त्री बनाएका छन् । सचिव झाँक्री रहे पनि माधवले केन्द्रीय सदस्य बिरोध खतिवडालाई पार्टीको तर्फबाट सरकारको नेतृत्व दिएका छन् ।

पदाधिकारीलाई केन्द्रीय सदस्यको मातहत राखेर मन्त्री पठाउँदा झाँक्रीले नखाने र अर्कै महिला पठाउने योजना बनाउनु भएका नेपालले झाँक्रीले स्वीकार गरेपछि पार्टीको जिम्मेवारी नदिएका हुन् ।

नेकपा एसमा माधवको भन्दा झाँक्रीको खोजी हुन थालेको र देशभरबाट कार्यकर्ता झाँक्रीतिर मोहित भएको निश्कर्षसहित साइजमा राख्न माधवले झाँक्रीलाई पार्टीको जिम्मेवारी नदिएका नेकपा एसका एक नेताले बताए ।

ती नेताका अनुसार पार्टी पदाधिकारीमध्ये रामकुमारीलाई सवै जिल्लाका नेता कार्यकर्ताले बोलाउने सूचीमा राखेपछि महासचिव बेदुराम भुसालसहितका नेताहरु साइजमा राख्नुपर्ने भन्दै माधवलाई जिम्मेवारी नदिन सुझाएका थिए ।

झाँक्रीलाई राम्रो जिम्मेवारी नदिने योजनाअनुसार माधवले स्वास्थ्य मन्त्री बिरोध खतिवडा र श्रममन्त्री किशान श्रेष्ठलाई पनि कुनै जिम्मेवारी दिएका छैनन् । तर पर्यटनमन्त्री प्रेम आले र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई भने जिम्मेवारी तोकिएको छ ।

‘यो घटनाले माधवको बिधि र पद्धतीको कुरा उदांगो बनेको नेकपा एसकै नेताहरुले बताएका छन । सरकारमा पठाएका तीन जनालाई जिम्मेवारी नदिने, दुई जनालाई जिम्मेवारी दिने काम आफैमा कुनै बिधि र पद्धतीसँग मेल खाँदैन, यो कामले बिधि पद्धतीकै उपहास गरेको छ,’ झाँक्री निकट एक नेताले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *