अस्पताल भर्ना भएका वैद्य भेट्न पुगे प्रचण्ड, कस्तो छ स्वास्थ्य अवस्था ?

अस्पताल भर्ना भएका वैद्य भेट्न पुगे प्रचण्ड, कस्तो छ स्वास्थ्य अवस्था ?

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन्।

दम बढेपछि वैद्यलाई आइतबार बिहान नर्भिक अस्पताल भर्ना गरिएको थियो। वैद्य लामो समयदेखि दमबाट पीडित छन्।

आइतबार वैद्यको छातिको एक्सरे गरिएको थियो। छातिमा सामान्य दागसमेत देखिएको छ।

प्रचण्डको सचिवालयका अनुसार प्रचण्डले सोमबार वैद्यलाई भेटेका हुन्। उनले वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेलका अनुसार लामो समयदेखि दमबाट ग्रसित वैद्यलाई अप्ठयारो महसुस भएपछि नर्भिकमा भर्ना गरिएको हो ।

वैद्यलाई प्रचण्डको राजनीतिक गुरु मानिन्छ । माओवादी आन्दोलनमा लामो समय सहकार्य गरेका प्रचण्ड र वैद्य २०६८ सालयता अलग–अलग पार्टीमा सक्रिय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *