चितवनबाट प्रचण्ड र रेणु दाहालहरुलाई लखेट्नु पर्छ – कांग्रेस जिल्ला सभापति

चितवनबाट प्रचण्ड र रेणु दाहालहरुलाई लखेट्नु पर्छ – कांग्रेस जिल्ला सभापति

नेपाली कांग्रेस चितवन जिल्ला सभापति जितनारायण श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई चितवनबाट लखेट्नुपर्ने पार्टीको निश्कर्ष सुनाउनु भएको छ ।

केन्द्रमा कांग्रेस माओवादी गठबन्धन कायम रहेको र प्रचण्डले चुनावसम्मै गठबन्धन कायम राख्नुपर्ने बताइरहेको बेला जिल्ला सभापति श्रेष्ठले बाबुछोरीलाई नै चितवनबाट लखेटनु पर्ने उदघोष गर्नुभएको हो ।

बुधबार चितवनमा आयोजित बधाई शुभकामना तथा पद हस्तान्तरण कार्यक्रममा बोल्दै सभापति श्रेष्ठले यस्तो घोषणा गर्नुभयो ।

‘हामीले चितवनबाट रेणु र प्रचण्डहरुलाई लखेट्ने संकल्प गर्नुपर्छ, हाम्रो बीचमा एकता छ । हाम्रो बीचमा मनमुटाव छैन । हामी बीचको एकताले चितवनबाट आगामी चुनावमा उनीहरुलाई धुलो चटाएर खेद्नुपर्छ,’ सभापति श्रेष्ठले भन्नुभयो ।

मेयर रेणु दाहालले कांग्रेसलाई वडावडामा पैसा बाँडेर कम्युनिस्ट बनाउन लागेको भन्दै श्रेष्ठले आपत्ति जनाउनु भयो । श्रेष्ठले यो ज्यादती भएको भन्दै माओवादी अध्यक्ष प्रचण्ड पुत्रीसमेत रहेकी रेणुलाई चितवनबाट लखेट्नुपर्ने बताउनु भयो ।

‘रेणु दाहालले गरेको ज्यादती । आज हामीले जितेका वडामा गएर पैसा लगेर कांग्रेसलाई कम्युनिस्ट बनाउने रे !’, श्रेष्ठले भन्नुभयो, ‘यसको भण्डाफोर हामीले गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *