एकीकृत समाजवादीले जारी गर्यो मन्त्रीलाई १० बुँदे आचारसंहिता, होला त कार्यान्वयन ?

एकीकृत समाजवादीले जारी गर्यो मन्त्रीलाई १० बुँदे आचारसंहिता, होला त कार्यान्वयन ?

काठमाडौँ – एकीकृत समाजवादीले आफ्नो तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई दश बुँदे लिखित निर्देशन दिएको छ।

बिहीबार अध्यक्ष माधवकुुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा मन्त्रीहरुलाई समेत लिखित आचारसंहिता तोकिएको छ।

देश र जनताको हितका लागि काम गर्न पार्टीले सरकारमा सहभागी हुन पठाएको उल्लेख गर्दै अध्यक्ष नेपालले अनियमितता र भ्रष्टाचारबाट मुक्त रहन भनेका छन्। विवादरहित कार्यकाल बनाउन निर्देशन दिँदै अध्यक्ष नेपालले सरल जीवनशैली अपनाउन भनेका छन्।

यस्तो छ समाजवादीले मन्त्रीहरुलाई दिएको लिखित निर्देशन-

१. इमानदारिता र कर्तव्य निष्ठाका साथ काम गर्न
२. राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्न।

३. निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारबाट मुक्त रहन।
४. योग्यता, क्षमता र कार्य सम्पादनमा उत्कृष्टताको आधारमा व्यक्तिको छनाेट गरी जिम्मेवारी दिन।

५. विवादमा पर्ने कुनै पनि काम नगर्न।
६. स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्न।

७. पार्टीको नेतृत्व र सम्बन्धित विभागसँग समन्वय गरी काम गर्न र पार्टीको निर्देशन र सल्लाहलाई पालना गर्न।
८. सम्बन्धित क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तिहरुबाट नियमित रुपमा राय परामर्श लिन।

९. नेता, कार्यकर्तासँग जीवन्त सम्पर्क राखी छिटो छरितो ढंगले काम गर्न।
१०. पाँचदलीय गठबन्धनको भावनाअनुरुप अन्य दलहरुसँग सहकार्य गर्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *