दशैं चलिरहेकै बेला रवि लामिछानेसँग भड्किए भाइरल मन्त्री प्रेम आले, ‘ग्यालेक्सी फोर के’ नै धरापमा पर्नेगरी एक्सनमा !

दशैं चलिरहेकै बेला रवि लामिछानेसँग भड्किए भाइरल मन्त्री प्रेम आले, ‘ग्यालेक्सी फोर के’ नै धरापमा पर्नेगरी एक्सनमा !

चर्चामा आइरहने पर्यटनमन्त्री प्रेम आलेले रवि लामिछानेमाथि एक्सन लिने भएका छन् । स्रोतका अनुसार चर्चित संचारकर्मी लामिछानेले नवनियुक्त मन्त्री द्धय प्रेम आले र किसान श्रेष्ठसँगै उनीहरुलाई मन्त्री बनाउँने माधव नेपाल प्रति कडा अभिव्यक्ति दिएपछि प्रेम आले भड्किएका हुन् ।

लामिछानेले टेलिभिजनबाटै सार्वजनिक रुपमा मनलाग्दी बोलेर आफूहरुको चरित्रहत्या गरेको भन्दैं टेलिभिजनमाथि नै एक्सन लिने तयारी गरेका स्रोतले हामीलाई बतायो । तथ्यप्रमाण विना नै आले र श्रेष्ठतर्फ ईंगित गर्दै लामिछानेले ठेकेदार, तस्कर, सुकुलगुण्डाहरुले देश चलाउन लागेका भन्दैं आक्रोश पोखेका थिए ।

आले र श्रेष्ठलाई अवसरवादीको नांंगो रुप भन्दै लामिछानेले उनीहरुलाई जोकर सँग तुलना गरेका छन् । रविछानेको अभिव्यक्तीपछि प्रेम आले आक्रोशित बनेका हुन् । स्रोतले अनलाइनमार्ग डटकमलाई दिएको जानकारी अनुसार प्रेम आले लामिछाने र ग्यालेक्सी फोर केसँग रुष्ट बनेका छन् ।

लामिछानेले आलेहरुलाई मन्त्री बनाउँनु पर्ने कुनै कारण नभएको भन्दै उनले विदेशमा भएको भए उनीहरु सरकारमा होइन सर्कसमा हुने थिए भनेका छन् । आफ्नो कार्यक्रम सिधा कुरा मार्फत आक्रामक प्रस्तुति दिएका लामिछानले अघिल्लो पटक ओली सरकारमा समेत मन्त्री भएका प्रेम आलेको भाइरल भाषणको क्लिप नै बजाएका थिए । सात नम्बर गियरमा सरकार अघि बढछ भन्ने आलेको भाषण बजाउँदै लामिछानेले भन्नुुसम्म भनेका थिए ।

धेरै बर्ष पहिले गृहजिल्ला डोटीबाट जिल्ला सदस्यबाट आफ्नो राजनीति सुरु गरेका आलेको योग्यता र क्ष्ाँमतामाथि नै लामिछानेले प्रश्न उठाएपछि आलेले एक्सन लिन लागेको स्रोतको दाबी छ ।

प्रेम आले र किसान श्रेष्ठ मन्त्री बनेको सुन्दा आफुलाई मरौँ मरौँ लागेको पनि उनले बताए । यदी मरेर माथी जाँदा पनि यमराजलाई के भनेर जवाफ दिने होला त्यत्ती जवाफ पनि आफु सँग नभएको भन्दै लामिछानेले उनीहरु त्यत्ती तल्लो स्तरको मान्छे हो भनेका छन् ।

रविले माधव नेपालले नेतृत्व गरेको पार्टीलाई भुरो पार्टी भनिदिएका छन् । अहिले यस्तो भुरो पार्टीमै यस्तो छ भने यो पर्टी पछि ठूलो बनेछ भने के सम्म गर्छ होला भनेर अहिलेनै भन्न सकिने पनि उनले बताए । आले र श्रेष्ठ सँग पैसा र भुँडी बाहेक अरु केहि नभएको पनि उनले भनेका छन् ।

केहि समय अघि मात्रै प्रधानमनत्री शेरबहादुर देउवाको हात बाट आफ्नो टेलिभिजन ग्यालेक्सी फोर के को उद्घाटन गराएका लामिछानेले देउवाको पनि चर्को आलोचना गरेका छन् । देउवाले उद्घाटन गरेको टेलिभिजन सुनपानीले छर्कन समेत तयार रहेको उनले भनेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *