लौ अहिले त यस्तो पो भन्न थाले हमाल जेठान साब !

लौ अहिले त यस्तो पो भन्न थाले हमाल जेठान साब !

प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको कोटा बाट मन्त्री बनेर पनि राजिनामा दिइसक्दा पनि ओलोचना नरोकिए पछि गजेन्द्र हमालले नायाँ आइडिया लगाएका छन् ।

जेठानले मात्रै राजिनामा दिएर नपुग्ने भन्दै उनका ज्वाइँ चोलेन्द्र शमशेर जबरा सहित प्रधानमन्त्री शेरबहादुर देउवा सम्मले राजिनामा दिनुपर्ने आवाज चर्किन थाले पछि आफु चोखो भएको प्रमाण देखाउँन हमालले दिमाग लगाएका छन् ।

भनिन्छ मानिस आफ्ना प्रमाणमा कमजोर भए पछि पनि कसमको साहारा लिन्छ । गजेन्द्रले पनि यहि विधि प्रयोग गरेका छन् । उनले दशैँकै बेलामा भगवान पशुतिनाथको कसम खाँदै आफु प्रधानन्यायाधिशको कोटाबाट मन्त्री नभएको भनेका छन् ।

हमालले मन्त्रीबाट राजिनामा दिनुका पछाडी कसैको दबाब नरहेको बताएका छन् । एक टेलिभिजनमा अन्तर्वार्ता दिदै उनले आफूलाई प्रधानमन्त्री शेरबहादुर देउवा वा कसैबाट पनि दबाब आएको नभइ आफैले आलोचना पन्छाउन राजिनामा दिएको बताएका हुन् ।

आफूले मन्त्री बन्न पनि कसैसँग बिन्ती नगरेको बताएका छन् । प्रधानमन्त्री देउवाुसँग तपाईले मन्त्री माग्नुभएको हो भन्ने प्रश्नमा उनले आफूल। उनले पद नमागेको भन्दै इश्वरको कमस खाएको बताएका छन । ‘पशुपतिनाथको कसम मैले मन्त्री पद मागेको छैन’उनले भने ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग कुरा समेत नभएको हमालको दाबी छ । जेठानसँग जोडेर आफ्नो आलोचना गर्नु गलत रहेको उनको तर्क छ । सञ्चारमाध्यम र वकिलहरुको विरोधका कारण अन्त्यमा आएर आफूले राजिनामा बुझाउने निर्णय गरेको हमालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *