हाकाहाकी यति सम्म भन्न बावुरामले कसरी सकेको ?

हाकाहाकी यति सम्म भन्न बावुरामले कसरी सकेको ?

नेपाली जनताले एक कानले पनि पटक्कै सुन्न नचाहको कुरा जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा बावुराम भट्टराईले माइक बाटै कराउँदै हिँडेका छन् ।

विवादास्पद एमसीसी परियोजना पास भए नेपाल अफगानस्थान बन्छ भनेर एमसीसी विरोधी अभियान्ताहरुले भनिरहँदा बावुरामले भने एमसीसी पास नभए चाँही नेपाल अफगानस्थान बन्ने ठोकुवा गरेका छन् ।

विगत समय देखीनै एमसीसीको कट्टर समर्थक बनेर बोल्दै हिँडेका बावुराम एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आएका बेलामा उनी बसिरहेकै होटमा पुगेर भेटेका थिए । देशको पूर्वप्रधानमन्त्री जस्तो ओहदाको मान्छे आफ्नो मर्यादा भुलेर होटलमै भेट्न गए पछि चर्को आलोचना भएको थियो ।

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० पास नगरिए नेपाल अफगानिस्तान जस्तै मुलुक बन्ने बताएका छन् ।

सोमबार पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा पार्टीद्वारा आयोजित कार्यक्रममा डा। भट्टराईले अन्तर्राष्ट्रिय शक्ति सन्तुलन राख्नका लागि भए पनि एमसीसी पास गर्नुपर्ने नत्र नेपाल अफगानिस्तान जस्तै बन्ने बताए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय शक्ति सन्तुलन कायम राख्नका लागि पनि एमसीसी पास गर्नुको विकल्प छैन । होइन भने उनीहरुको स्वार्थको भुमरीमा नेपाल फस्नेछ । भारत, चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध राख्न नसके नेपाल अफगानिस्तान जस्तै बन्नेछ ।’

यसकारण नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध राख्नका लागि भए पनि एमसीसी पारित गर्नुपर्ने उनको भनाइ छ ।भट्टराईले जसपा कुनै पनि शक्ति राष्ट्रसँग दुश्मनी पनि नगर्ने, नझुक्ने पनि धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *