कपिलवस्तुमा यस्तो डरलाग्दो रोग देखिएपछी भकाभक बिरामी पर्न थाले

कपिलवस्तुमा यस्तो डरलाग्दो रोग देखिएपछी भकाभक बिरामी पर्न थाले

झाडापखाला फैलिएको कपिलवस्तुको कृष्णनगर नगरपालिका क्षेत्रको पानीमा इकोली नामको कीटाणु फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा झाडापखला फैलिएकाे क्षेत्रको पानीको नमुना जाँच्दा इकोली देखिएको जानकारी देखिएको हो। चिकित्सकका अनुसार इकोली दिसामा पानइे कीटाणु हो।

सरफाइमा ध्यान दिन आग्रह – मन्त्रालयले झाडापखाला फैलिएको क्षेत्रका बासिन्दालाई सरसफाइमा ध्यान दिन आग्रह गरेको छ। खाना बनाउनु वा खानुअघि साबुनपानीले हात धुन, राम्ररी पाकेको खाना मात्र खान, बासी वा सडेगलेका खानेकुरा नखान, पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र पिउन मन्त्रालयले अनुरोध गरेको हो।

मन्त्रालयका अनुसार कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा फैलिएको झाडापखला तथा वान्ताका कारण आइतबारसम्म ६८८ जना बिरामी भएका छन्।

तीमध्ये ६३१ जना उपचारपछि घर फर्किएका छन् भने ४० जना बिरामी तौलिहवास्थित कपिलवस्तु अस्पताल र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत छन्। उनीहरूको उपचार निःशुल्क भइरहेको मन्त्रालयले जनाएको छ।

यस्तै १७ जना बिरामी कृष्णनगर नगरपालिकास्थित शिवराज अस्पतालमा उपचाररत छन्। यही असोज १८ गतेदेखि कृष्णनगरका ती वडामा झाडाखला र वान्ताको प्रकोप फैलिएको हो।

यसैबीच स्वास्थ्य मन्त्रालयले अब त्यहाँ फैलिएको झाडापखाला नियन्त्रण भइसकेको दाबी पनि गरेको छ। मन्त्रालयको विज्ञप्तिअनुसार प्रकोप प्रतिकार्यका लागि स्थानीय, प्रदेश तथा संघीय सरकार र विश्व स्वास्थ्य संगठनलगायत साझेदार संघ÷संस्थाहरुको समन्वयमा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री व्यवस्थापन भइसकेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *