मन्त्रिमण्डल विस्तारको खुसी मनाउन नपाउदैं माधव नेपालमाथि ठूलो बज्रपात, कांग्रेसले भर्खरै गरेको बोल्ड निर्णयले सपना चकनाचुर

मन्त्रिमण्डल विस्तारको खुसी मनाउन नपाउदैं माधव नेपालमाथि ठूलो बज्रपात, कांग्रेसले भर्खरै गरेको बोल्ड निर्णयले सपना चकनाचुर

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी गरेका छन् । नेपाली काँग्रेस बागमती प्रदेशको संसदीय दलको आइतबार हेटौंडामा बसेको बैठकले प्रदेश सरकारको नेतृत्व काँग्रेसले गर्नुपर्ने भन्दै मुख्यमन्त्रीमा नेता बानियाँलाई अगाडि सार्ने निर्णय गरेको हो ।

कांग्रेसको निर्णयपछि माधव नेपालले आफ्नो पार्टीबाट मुख्यमन्त्री पाउने सपना चकनाचुर हुने सम्भावना ह्वात्तै बढेको छ । माधव नेपालको पार्टीबाट राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी थियो ।

प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री नेपालको पार्टीलाई नै दिने शर्तमा मन्त्रालयको कम संख्या एस पार्टीलाई दिइएको थियो । तर अहिले आएर नेपाली काँग्रेस बागमती प्रदेशको संसदीय दलको आइतबार हेटौंडामा बसेको बैठकले प्रदेश सरकारको नेतृत्व काँग्रेसले गर्नुपर्ने भन्दै मुख्यमन्त्रीमा नेता बानियाँलाई सारेपछि माधव नेपाललाई गम्भीर धक्का लागेको हो ।

बैठकमा नेपाली काँग्रेसले प्रदेशसभामा हालसम्म निर्वाह गरेको भूमिका राजनीतिक संस्कारयुक्त रहेको र उक्त भूमिकाको जनताले समेत प्रशंसा गरेको भन्दै सरकारको नेतृत्व पनि काँग्रेसले नै गर्नुपर्ने सांसदहरुले धारणा राखेका थिए ।

सरकार गठनबारे हालसम्म गठबन्धनका दलहरु बीच कुनै औपचारिक छलफल भने नभएको नेपाली काँग्रेस बागमती प्रदेशको संसदीय दलको कार्यालयले जनाएको छ । बैठकले नेता बानियाँलाई सरकार गठनका लागि गठबन्धनमा आवद्ध दलहरूसँग छलफलको जिम्मेवारी पनि सुम्पिएको छ ।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आइतबार संसदबाट विश्वासको मत लिने तयारीका साथ प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरिएको छ । प्रदेशसभा बैठक ३ बजे बस्नेछ । मुख्यमन्त्री शाक्यको विश्वासको मत सम्बन्धी प्रस्तावको प्रक्रिया र प्रदेशसभा बैठकको कार्यसूची तयार पार्न कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *