पासो लागेकाे डाेरी महँगोमा बिक्ने भन्दै महिलाको हत्या ! तीन जना पक्राउ

पासो लागेकाे डाेरी महँगोमा बिक्ने भन्दै महिलाको हत्या ! तीन जना पक्राउ

काठमाडौं । पासो लागेको डोरी महँगोमा बिक्री हुने भन्दै तीन जनाले एक महिलाको हत्या गरेका छन् । तन्त्र साधना गर्नेलाई पासो लगाइएको डोरी महँगोमा बेच्न पाउने लोभमा उनीहरुले ४५ वर्षीया कमला तामाङको हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न तीनै जनालाई आइतबार प्रहरीले पक्राउ गरी सार्वजनिक गरेकाे छ । पक्राउ पर्नेमा २३ वर्षीय सविन प्रजा, उनकी १८ वर्षीया श्रीमती सविना प्रजा माझी र २० वर्षीय सुमन मगर छन् ।

डोरीले कसेर हत्या गर्ने र त्यो डोरी महँगोमा बेच्ने योजनासहित तीन जनाले कमलाको ज्यान लिएको प्रहरीले जनाएकाे छ ।

भदौ २५ गते बिहान प्रहरीले बेलकोटगढी नगरपालिका बस्ने कमलाको शव ललितपुरको सुनाकोठीमा भेटेको थियो । घाँटी कसेर हत्या भएको देखिएपछि महानगरीय प्रहरी महाशाखा र प्रहरी बिट चापागाउँले घटनाको अनुसन्धान थालेको थियो ।

याेजनाबद्ध रुपमा हत्या गरेपछि कमलाले लगाएका गहना र उनको मोबाइल समेत उनीहरुले लिएर गएका थिए । मजदुरी गर्दै आएका उनीहरु सँगसँगै काम गर्ने पनि प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *