गण्डकी पुगेर प्रधानमन्त्री देउवाले गरे यस्तो घोषणा, छायो खुसीयाली

गण्डकी पुगेर प्रधानमन्त्री देउवाले गरे यस्तो घोषणा, छायो खुसीयाली

पोखरा – प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेका छन्। आज पोखरामा आयोजित एक कार्यक्रममा देउवाले गण्डकी प्रदेशलाई साक्षर घोषणा गरेका हुन्।

त्यसक्रममा उनले गण्डकी विद्वानहरुको उद्गमस्थल रहेको बताउँदै शिक्षा पाउनु सबैको अधिकार भएको बताएका हुन्।

‘गण्डकी विद्वानहरुको उद्गमस्थल हो। शिक्षा नागरिकको मौलिक हक हो। सबै नागरिकलाई साक्षरता र शिक्षाका लागि अवसरहरु सुनिश्चित गर्नु राज्यको प्रमुख कर्तव्य हो’ उनले भने।

सरकारले दायित्व बोध गरेर शिक्षाको समान अवसर र गुण्स्तर विस्तार गर्न लागेको देउवाले बताए। देउवाले भने, ‘ सरकारले शिक्षालाई क्रमश अनिवार्य र नि:शुल्क गर्दै जाने नीति तथा कार्यक्रम अवलम्बन गर्दै आएको छ।

गण्डकी प्रदेशका ११ वटै जिल्लाका लक्षित उमेर समूह ९१५–६०० को जनसंख्याको ९५ प्रतिशतभन्दा बढी साक्षरा भई विभिन्न मितिमा साक्षर जिल्ला घोषणा गरी औसत साक्षरता ९६.५७ प्रतिशत रहेको आधारमा गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्न लागिएको हो ।

१५ वर्षमुनिका ९७.३ प्रतिशत बालबालिकाले भर्ना भएर अहिले विद्यालयमा पढिरहेकाले भदौ ३० गते गण्डकी प्रदेश सरकारको निर्णयअनुसार आइतबार साक्षर घोषणा गरिएको शिक्षा मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए ।

‘चार वर्षसम्म साक्षरता दर अझै बढाउन विभिन्न कार्यक्रम भइरहेका थिए । त्यही कार्यक्रममार्फत साक्षरता दर अहिले ९६.५७ पुगेको हो,’ उनले भने । गण्डकीका ८५ वटै पालिका र ११ वटै जिल्लाले यसअघि नै साक्षर घोषणा गरिसकका थिए ।

पोखराको नयाँबजारस्थित क्षेत्रीय संग्रहालयमा गण्डकीको साक्षर प्रदेशको स्तम्भ बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *