प्रधानन्यायाधीश जबरा जुनसुकै बेला राजीनामा दिने मुडमा !

प्रधानन्यायाधीश जबरा जुनसुकै बेला राजीनामा दिने मुडमा !

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जुनसुकै बेला राजीनामा दिने मुडमा छन् । पछिल्लो समय एकपछि अर्को गरेर विवादमा नाम मुछिएको भन्दै उनी रुष्ट छन् ।

गजेन्द्र हमाल मन्त्री बनाईनुभन्दा अघिदेखि नै प्रधानन्यायाधीश जबराको नाम जोडेर मन्त्रिमण्डलमा भाग खोजेको भन्ने समाचार आएको र त्यसमा पनि प्रधानन्यायाधीशले आफ्नो नातेदारलाई मन्त्री बनाउन थालेको भन्ने समाचारले उनी रुष्ट थिए ।

नभन्दै उनीसँग नाम जोडिएका हमाल मन्त्री भए । हमाल मन्त्री भएकै दिनदेखि प्रधान्यायाधीश जबराको राजीनामा मागिनेदेखि महाभियोग लगाउनुपर्नेसम्मका माग उठेका थिए । तर, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाईएका हमालले आजै पदबाट राजीनामा दिईसकेका छन् । उनले स्वविवेक प्रयोग गरेर आफूले राजीनामा दिएको उल्लेख गरेका छन् ।

हिजोमात्रै रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष साक्षात्कारमा बरिष्ठ अधिवक्तादेखि पूर्व महान्यायाधिवक्तासम्मले प्रधानन्यायाधीश जबराको राजीनामा मागेका थिए ।

उनीहरुले प्रधान्यायाधीश जबराले कार्यपालिकामा भाग खोजेको भन्दै अब एक सेकेण्डपनि पदमा बस्ने अधिकार नभएको धारणा राखेका थिए । सर्वोच्च अदालतनिकट विश्वस्त सूत्रकाअनुसार प्रधानन्यायाधीश जबराले जुनसुकै बेला पनि राजीनामा दिने मुड बनाएका छन् ।

न्यायालयमा राजनीति घुसाउने काम दलका नेताहरुले गरेको भन्ने प्रधानन्यायाधीश जबराको गुनासो रहँदै आएको छ । खासगरी न्यायाधिश नियुक्ती गरिँदा भागबण्डाको आधारमा गरिएको र राम्राभन्दा पनि आफ्ना मान्छेलाई नियुक्ती गरिँदा अदालतमा एकपछि अर्को गरेर राजनीति हाबी भएको भन्ने उनको बुझाई छ । तर, दलका नेताहरुले भने न्यायलयमा राजनीति भएको भनेर बाहिर टिकाटिप्पणी गर्दा पनि उनलाई चित्त बुझेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *