रामचन्द्र पौडेललाई पराजित गर्ने किसान श्रेष्ठ बने श्रममन्त्री

रामचन्द्र पौडेललाई पराजित गर्ने किसान श्रेष्ठ बने श्रममन्त्री

काठमाण्डौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ले बल्ल न्याय पाएका छन् । तत्कालीन नेकपा एमालेको तर्फबाट उम्मेवार बनेका श्रेष्ठले पौडेललाई पराजित गरेका थिए । तनहुँ १ बाट कांग्रेसका शीर्ष नेतालाई पराजित गरेर आएपनि एमालेले उनलाई मन्त्री बनाएनन् ।

एमालेबाट विभाजित बनेको नेकपा एकीकृत समाजवादीतर्फ लागेका श्रेष्ठलाई भने पार्टीले ‘उचित मूल्यांकन’ गर्दै श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री बनाए । २०७४ सालको निर्वाचनमा पौडेललाई श्रेष्ठले ६८१४ मतान्तरले पराजित गरेका थिए । श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याएका थिए भने पौडेलले २७ हजार ६ सय ७५ मत पाएका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट मानिएका श्रेष्ठ प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएसँगै नेकपा एसतिर लागिका थिए । उनी नेकपा एसको केन्द्रीय सदस्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *