लास्ट आरवमा गेम चेन्ज, स्वास्थ्यमन्त्री बाट रामकुमारीको नाम आउट !

लास्ट आरवमा गेम चेन्ज, स्वास्थ्यमन्त्री बाट रामकुमारीको नाम आउट !

नेकपा एमाले विभाजन गरेर बनेको नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीलाई स्वास्थ्य मन्त्री बनाउँने निर्णयबाट माधव नेपाल व्याक भएका छन् ।

यस अघि पनि रक्षा मन्त्रालय दिने भनिए पनि सेनाको असहमती पछि रक्षा मन्त्रालयनै प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले राखेका छन् । भौतिक पूर्वाधार मन्त्रालयको हल्ला चलेर शहरी विकास मन्त्रीको कुरा हुँदै अन्तिममा विरोध खतिवडा स्वास्थ्य मन्त्री बन्ने भएका छन् ।

भर्खरै मात्रै ओटीभी नेपाल डक कम सँग कुराकानी गर्दै मन्त्रीका आकांक्षी विरोध खतिवडाले आफुले त्यहि सुनेको बताए ,। आवश्यकताका आधारमा पार्टीले निर्णय गर्ने र आफ्नो लागी पार्टीको निर्णय स्विकार्य भएको उनले बताए ।

नेकपा एकीकृत समाजवादीले विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने भएको छ । एकीकृत समाजवादीबाट खतिवडासँगै सचिव रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्दैछन् ।

उनीहरुको नाम प्रधानमन्त्रीसमक्ष पठाइसकिएको एक नेताले जानकारी दिएका छन् । स्रोतका अनुसार झाँक्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, आले शहरी विकास र श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् ।

बुधबार स्थायी कमिटीमा बैठकमा झाँक्रीलाई स्वास्थ्य, खतिवडालाई शहरी विकास, आलेलाई नागरिक उड्डयन र श्रेष्ठलाई श्रममन्त्री प्रस्ताव गरिएको थियो ।
भवानी खापुङलाई राज्यमन्त्री बनाउँने तयारी गरे पनि उनले भने अस्विकार गरेको खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *