बिमला वलिको पनि खुल्यो भाग्य !

बिमला वलिको पनि खुल्यो भाग्य !

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश आज मन्त्रिपरिषद विस्तार गर्ने भएको छन्।

माओवादी केन्द्रले दाङका इन्द्रजित थारुलाई स्वास्थ्यमन्त्री र बर्दियाका तिलकराम शर्मालाई आन्तरिक मामिला तथा कानुनमन्त्री बनाउने र दाङकै विमला खत्री वलीलाई राज्यमन्त्री बनाउने भएको बताइएको छ।

शुक्रबार दिउँसो ३ बजेका लागि आफूहरुलाई सपथ कार्यक्रममा बोलाइएको इन्द्रजित थारुले थाहाखबरलाई बताए।

‘हामीलाई ३ बजेलाई तयारी हुन भनिएको छ,’ थारुले भने, ‘नेपाली कांग्रेस र नेकपा ९एकीकृत समाजवादी०ले पनि नाम बुझाए अलि ढिला गरी भए पनि मन्त्रिपरिषद विस्तार हुन्छ।’

लुम्बिनीमा अहिले सात जना मन्त्री छन्। कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री बनाउन बाँकी छ। कांग्रेसले क–कसलाई मन्त्री र राज्यमन्त्री बनाउने टुंग्याइसकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *