रामकुमारी झाँक्री,स्वास्थ्य मन्त्री बन्दै,स्वास्थ्य क्षेत्रमा कायापलट ल्याउने

रामकुमारी झाँक्री,स्वास्थ्य मन्त्री बन्दै,स्वास्थ्य क्षेत्रमा कायापलट ल्याउने

एमालेबाट विभाजित भएर माधवकुमार नेपालको अध्यक्षतामा गठित नेकपा (एकीकृत समाजवादी) ले शुक्रबारबाट औपचारिक रूपमा केन्द्रीय सत्तारोहण गर्न लागेको छ ।

नेकपा एसले ६-६ महिना गरी नेताहरूलाई मन्त्री बनाउने भएको छ । धेरै जना आकांक्षी देखिएपछि पार्टीले दुई चरणमा मन्त्री बनाउन लागेको हो । नेकपा एस स्रोतका अनुसार पहिलो चरणमा रामकुमारी झाँक्री, विरोध खतिवडा, कृष्णकुमार श्रेष्ठ र प्रेम आलेलाई मन्त्री बनाउने तयारी छ ।

त्यस्तै ६ महिनापछि उनीहरूलाई फिर्ता बोलाएर मेटमणि चौधरी, भवानी खापुङ, शेरबहादुर कुँवर र जीवनराम श्रेष्ठलाई पठाइनेगरी सहमति हुने सम्भावना रहेको पार्टीले जनाएको छ ।

यसलाई अन्तिम रूप दिन शुक्रबार बिहान पार्टीको सचिवालय बैठक बस्दैछ । स्रोतका अनुसार रामकुमारी झाँक्रीलाई स्वास्थ्य, विरोध खतिवडालाई सहरी विकास, कृष्णकुमार श्रेष्ठलाई श्रम र प्रेम आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइने तयारी छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठको निर्णयअनुसार एकीकृत समाजवादीको भागमा स्वास्थ्य तथा जनसंख्या, श्रम तथा रोजगार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय जस्ता महत्वपूर्ण मन्त्रालय भाग लगाएको छ ।

यसका साथै एक राज्यमन्त्री पनि नेकपा (एस) पाउने भएको छ । राज्यमन्त्रीमा कसलाई पठाउने भन्नेबारेमा पनि सचिवालय बैठकले निर्णय गर्ने बताइएको छ । त्यस्तै नेकपा एसले प्रदेश १ र वाग्मतीमा मुख्यमन्त्री पनि पाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *