एकीकृत समाजवादी पार्टीलाई मनाउन दुई प्रदेशका मुख्यमन्त्री दिने सत्तारुढ गठबन्धनको सहमति !

एकीकृत समाजवादी पार्टीलाई मनाउन दुई प्रदेशका मुख्यमन्त्री दिने सत्तारुढ गठबन्धनको सहमति !

सत्तारुढ गठबन्धनमा मन्त्रिपरिषद् विस्तारको भागबण्डा पेचिलो बनिरहेको बेला नेकपा एकीकृत समाजवादी पार्टीलाई सन्तुष्ट बनाउन दुई प्रदेशका मुख्यमन्त्री दिने निर्णय भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा प्रदेश नम्बर १ र वागमतीको मुख्यमन्त्री नेकपा एसलाई दिने सहमति भएको माधवकुमार नेपालले बताएका हुन् ।

बालुवाटार बैठकबाट बाहिरिएर स्थायी कमिटी बैठकमा भाग लिन गएका नेपालले दुई प्रदेशको मुख्यमन्त्री पाउने सहमति भएको बताएका छन । यसअघि वागमतीमा कांग्रेसले मुख्यमन्त्री दावी गरेको हो ।नेकपा एसबाट प्रदेश १ मा राजेन्द्र राई र वागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्रीको दाबेदार रहेका छन् । संघीय सरकारको मन्त्रालय भागबण्डामा हेपिएको भन्दै नेकपा एसले असन्तुष्टी जनाएपछि दुई प्रदेशका मुख्यमन्त्रीको भागबण्डा पनि प्याकेजमै मिलाइएको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *