सांसदले पाउने बजेटबाट अगाडि बढेका सयौं कार्यक्रम अलपत्र पर्ने

सांसदले पाउने बजेटबाट अगाडि बढेका सयौं कार्यक्रम अलपत्र पर्ने

२१ असार, काठमाडौं । सरकारले प्रत्यक्ष निर्वाचित सांसदको निर्वाचन क्षेत्रमा खर्च गर्न सक्ने गरी अगाडि बढाएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम आगामी आर्थिक वर्ष २०७८/७९ बाट खारेज भएको छ ।

यो निर्णयबाट अर्थमन्त्री विष्णु पौडेलले स्याबासी पाए पनि स्थानीय तहमा भने सयौं कार्यक्रम/आयोजना अलपत्र पर्ने भएका छन् ।सरकारले आर्थिक वर्ष २०७६/७७ मा हरेक निर्वाचन क्षेत्रमा ६ करोड र चालु आर्थिक वर्ष २०७७/७८ मा ४ करोड रुपैयाँ छुट्याएको थियो । यस्ता कार्यक्रममध्ये स्थानीय तहमा न्यूनतम १० लाखसम्मका आयोजना सिफारिस गरी बजेटसमेत छु्टयाइएको थियो ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *