मलाई नसोधी अख्तीयारले किन पस्यो ?म यहाँको प्रधानमन्त्री हुँ लालवावु राउत

मलाई नसोधी अख्तीयारले किन पस्यो ?म यहाँको प्रधानमन्त्री हुँ लालवावु राउत

भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयमा छापा हानेको बिषयमा मुख्यमन्त्री लालवावु राउतले असन्तुष्टि जनाएका छन् ।

आफुलाई प्रदेश नम्बर २ को प्रधानमन्त्री जस्तै हुँ भन्दै राउतले मुख्यमन्त्री कार्यालय सिंहदरबार जस्तै भएको र आफुलाई नसोधी अख्तियार आएको भन्दै आक्रोस व्यक्त गरेका छन् । बदमान बनाउन यस्तो षड्यन्त्र रचिएको उनको आरोप छ ।

प्रदेशसभाको वैठकमा बोल्दै मुख्यमन्त्री राउतले यस विषयमा स्पष्टीकरण दिन लामै समय खर्चिएका थिए । मुख्यमन्त्री कार्यालयलाई ‘प्रदेशको सिंहदरबार’ संज्ञा दिँदै उनले आफूलाई नसोधी अख्तियारले कारवाही गर्न नसक्ने दावी गरे ।

‘मलाई जानकारी गराएको भए म जे माग्नुहुन्छ त्यो दिन तयार थिएँ । प्रमुख सचिवलाई पनि जानकारी गराइएको छैन । प्रदेश सरकारलाई बदनाम गराउन षडयन्त्रपूर्वक हामीमाथि अट्याक गरिएको छ,’ उनले भने ।आफूले अख्तियारका प्रमुखसँग पनि आफूले कुरा गरेको उनले बताए ।

उनले थपे, ‘मुख्यमन्त्री कार्यालय भनेको संस्था हो । प्रदेशको सिंहदरबार हो । प्रधानमन्त्री कार्यालय हो । सीमित बजेट र कर्मचारी भए पनि प्रदेशको आफ्नो गरिमा हुन्छ ।’

‘अहिले पनि म उहाँहरूलाई सम्मान नै गर्छु । तर, संघीयतालाई समाप्त गर्ने खेल भइरहेको छ । मानिसलाई गलत सन्देश दिने काम भइरहेको छ । यो संस्थामाथिको आक्रमण हो,’ राउतले भने

Leave a Reply

Your email address will not be published. Required fields are marked *