भारतको खास मान्छे भएको आरोप खेप्दैं आएका बाबुरामले नै खोलिदिए भारतको पोल, तनावमा मोदी !

भारतको खास मान्छे भएको आरोप खेप्दैं आएका बाबुरामले नै खोलिदिए भारतको पोल, तनावमा मोदी !

भारत परस्त भनेर आरोप खेप्दै आएका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भारतको पोल खोलेका छन् ।

भारत विरुद्ध बिरलै अभिव्यक्ती दिने उनले भारतमा नेपालीहरुलाई हेपिने भन्दैं भारतको पोल खोलेका हुन् । उनको अभिव्यक्तीले भारतमा समेत तरंग पैदा गरेको छ । भारतको मान्छे भनेर आरोप खेप्दैं आएका उनले नै भारतको पोल खोलेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत झस्किने पक्का छ ।

भारतमा नेपाल र नेपालीप्रति कति हेपाहा व्यवहार हुन्छ भन्ने कुरा आफैंले भोगेको बताएका छन्। उनले भारत, अमेरिका लगायत केही देशविरुद्ध झटपट बोली नहाल्ने नेतामा पर्छन् ।

‘राजदूत @RanjitRae ​(रञ्जित रे) ले भनेझैं भारतमा नेपाल/नेपालीबारे कस्तो आम बुझाइ छ भन्ने म आफैंले प्रत्यक्ष भोगेको छु– चण्डिगढमा पढ्न जाँदा त्यहाँका प्रिन्सिपलले मसँग पहिलो भेटमा ‘Where is Nepal?’ (नेपाल कहाँ छ?) भनेको’,

बुधबार बिहान डा. भट्टराईले भनेका छन्, ‘ठूलाबडाको घरमा जाँदा ‘My servant is also from Nepal’ (मेरो नोकर पनि नेपालकै हो) भनेको आदि कारणले पनि म क्रान्तिमा लागेको हुँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *