बाढीपहिरोमा परी ३८ जनाको मृ’त्यु

बाढीपहिरोमा परी ३८ जनाको मृ’त्यु

काठमाडौँ । असारको पहिलो साताबाट शुरू भएको वर्षाका कारण हालसम्म ३८ जनाको मृ’त्यु भएको छ भने ३१ जना बेप’त्ता भएका छन् । बाढी र पहिरोमा परी ३९ जना घा’इते भएका छन् ।अविरल वर्षाका कारण ४८ जिल्ला पूर्णरूपमा प्रभावित भएका छन् ।

सोही अवधिमा चार सय ८९ घर पूर्णरूपमा भत्किएका छन् भने एक सय १२ घर आंशिकरूपमा भत्किएका छन् । गृह मन्त्रालयका अनुसार सबैभन्दा बढी मानवीय र भौतिक क्षति सिन्धुपाल्चोकमा भएको छ । त्यहाँ बाढी र पहिरोमा परी पाँचको मृ’त्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकमा तीन सय ३८ वटा घर पूर्णरूपमा क्ष’तिग्रस्त भएका छन् ।

यो पनि पढनुहोस- २० असार, काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं गृहमन्त्री विष्णु पौडेलले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग भेट्न अस्वीकार गरेको बताएका छन् ।

पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र नेता पौडेलले आइतबार बिहान नेता नेपाललाई भेटेका थिए । भेटमा उनले प्रधानमन्त्रीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुची नदेखाएको नेता पौडेलले जानकारी दिए ।

राष्ट्रियसभाको बैठकपछि संघीय संसदभवन नयाँवानेश्वरमा नेता नेपालसँगका भेटबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता पौडेलले आफूले समस्या समाधानका लागि दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको र नेपालले रुची नदेखाएको बताएका हुन् ।उनले भने, ‘माधव कमरेडकोमा गएका थियौ । म, सुवास जी र शंकर जी भएर । उहाँसँग एकछिन कुराकानी भयो । हामीले के आग्रह गर्यौ भने, पार्टीलाई एकतावद्ध गरेर लिएर जाउँ । हाम्राबीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरु छैनन् । तपाईहरु एक आपसमा बस्नुहोस् नेताहरु पनि । हामी पनि आपसमा विभिन्न साथीहरुसँग छलफलमा छौं । अनलाइन निउजमा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *