नेपाली काङ्ग्रेसमा ठूलो पहिरो, एकैपल्ट ३६ जनाले दिए राजिनामा ! (पत्रसहित)

नेपाली काङ्ग्रेसमा ठूलो पहिरो, एकैपल्ट ३६ जनाले दिए राजिनामा ! (पत्रसहित)

सत्तारुढ दल नेपाली काङ्ग्रेसलाई धक्का लागेको छ । कञ्चनपुरमा ३६ जना दलित कार्यकर्ताहरुले संयुक्तरूपमा पार्टीबाट राजिनामा दिएपछि पार्टीलाई धक्का लागेको हो ।

निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत बेलौरी नगरपालिका, पुर्नवास नगरपालिका, बेलडाडी गाउँपालिका र लालझाडी गाउँपालिकामा हालै सम्पन्न वडा हुदै नगर अधिवेशनमा एकजना पनि दलित प्रतिनिधि उमेदवार विजयी नगरिएको भन्दै उनीहरुले पार्टी त्यागेको बताएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको वडा, गाउँ र नगर अधिवेशनमा दलित प्रतिनिधीहरुलाई पछाडि पार्न खोजेको भन्दै सयुक्त रुपमा पार्टीबाट राजिनामा गरिएको राजिनामा पत्र मार्फत सार्वजनिक गरेका छन् ।

उनीहरुले सनिबार बेलौरीमा बसेको ३४ जना क्रियाशिल सदस्यको बैठकले नेपाली काङ्ग्रेस पार्टीमा लागेर दलित समुदायको भलो नहुने निष्कर्ष निकाल्दै बरु तटस्थ बस्ने भन्दै राजिनामा दिएका छन् ।

पार्टीको लागि ईमानदारी पुर्वक अहोरात्र खटिएर पार्टी र देशको हितका लागि कटिबद्ध रहि आएपनि पार्टीको अधिवेशन बाट पछाडि पार्ने षड्यन्त्र भएको राजिनामा पत्रमा उल्लेख गरिएको छ ।

पालिका स्तरिय समितिको मुख्य पदाधिकारिमा १ जना दलित पनि नअटाउनु र पुरै प्यानल विजय हुदा समेत दलित उम्मेदवार मात्रै पराजित हुनु दलित समुदायलाई षड्यन्त्र र अपमान भएको कुरा प्रति हामी दलित क्रियाशिल सदस्यहरुको गम्भिर आपत्ति भएको जनाइएको छ ।

पार्टी पंक्तीमा केन्द्रिय तह देखी वडा तह सम्म अनेक प्रकारका राजनैतिक बिभेद कायमै रहेको र दलित समुदायका आवाजहरुको सुनुवाई केन्द्रिय तह देखी वडा तह सम्म नै नभएकोले पार्टीका आस्था, बिचार र सिद्धान्तप्रति बफादार र प्रतिवद्घ रहने गरी उनीहरुले यस्तो कदम चालेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *