चितवनमा ट्रकले दुई स्कुटरलाई ठक्कर दिँदा

चितवनमा ट्रकले दुई स्कुटरलाई ठक्कर दिँदा

काठमाडौं – चितवनमा आइतबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा स्कुटर पछाडि बसेकी देवघाट गाउँपालिका–१ बस्ने चिनीमाया पौडेल रहेको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो भरतपुर महानगरपालिका १ आँपटारीमा ग १ ख ९७५६ नम्बरको ट्रकले प्रदेश ३–००३प ३५४३ नम्बरको स्कुटर र प्रदेश २–०३–००७ प ७१९६ नम्बरको स्कुटरलाई एकैपटक ठक्कर दिएको हो ।

उक्त दुर्घटनामा प्रदेश ३–००३प ३५४३ नम्बरको स्कुटर पछाडि बसेकी चिनीमायाको घटनास्थलमै ज्यान गएको हो भने ३ जना घाइते भएका हुन् ।घाइते हुनेहरुमा सोही स्कुटर चालक भरतपुर महानगरपालिका–११ बस्ने वर्ष ३५ को पुष्पराज वास्तोला, प्रदेश२–०३–००७ प ७१९६ नम्बरको स्कुटर चालक देवघाटका तिलबहादुर गुरुङ र स्कुटर पछाडि बस्ने सिरु गुरुङ रहेका छन् । उनीहरुको पुरानो मेडिकल कलेज र नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *