‘रुक्मांगत कटुवालसँग डराएर प्रचण्ड राती नै घर छोडेर भागे !’

‘रुक्मांगत कटुवालसँग डराएर प्रचण्ड राती नै घर छोडेर भागे !’

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालिन प्रधानसेनापती रुक्मांगत कुटुवालबारे सनसनीपूर्ण खुलासा भएको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले रुक्मांगत कुटुवालसँग डराएर राती घरनै छोडेर प्रचण्ड भागेको खुलासा गरेका हुन् ।

प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएका बेलामा कुटुवालसँग डराएर एक रात घरनै छोडेर भागेको उनको दाबी छ । तत्कालिन सरकारले कटुवाललाई बर्खास्त गर्ने निर्णय गरेको रात प्रचण्ड घर छोडेर भागेको भन्दै उनले प्रचण्डको पोल खोलेका हुन् ।

प्रचण्डको सुरक्षामा सहभागि सुरक्षाकर्मीले आफूलाई सो कुरा बताएको भन्दै कट्टेलले त्यस दिन प्रधानमन्त्री निवास बालुवाटार बाट प्रचण्डलाई बाहिर अरुकै घरमा राखिएको र बिहानै बालुवाटार पुर्याइएको बताए । ‘कहिले मरुँ मरुँ लाग्या छ भन्ने, कहिले वाइसीयललाई ठोक भन्ने यस्तो पनि नेताको बोली हुन्छ ? यो त पुरै जोकरको बोली हो’ उनले भनेका छन् ।

अब ०६४ सालको माओवादी कुनै हातलमा पनि फर्कन नसक्ने ठोकुवाका साथै माओवादीभन्दा एमाले नै बलियो शक्ती रहेको भन्दै कट्टेलले आफू भन्दा बलियो शक्तिसँग निहुँ खोज्दा गाह्रो पर्ने उनको चेतावनी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *