सेटिङमै देउवालाई परमादेशबाट प्रधानमन्त्री तोक्ने निर्णय भएको तथ्य बाहिरियो !

सेटिङमै देउवालाई परमादेशबाट प्रधानमन्त्री तोक्ने निर्णय भएको तथ्य बाहिरियो !

प्रधानमन्त्री शेरबहादुर देउवामाथि गम्भीर आरोप लागेको छ । कांग्रेस सभापतिसमेत रहेका देउवा सर्वोच्च अदालतको नेतृत्वबीच सेटिङमै परमादेशबाट प्रधानमन्त्री बनेको भन्दै आरोप लागेको हो ।

सत्तारुढ गठबन्धनले परमादेशबाट प्रधानमन्त्री बनेका देउवा नेतृत्वको सरकारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको कोटामा दुई मन्त्रीसहित सत्ता भागबण्डा गर्ने सहमति गरेपछि सेटिङको पर्दाफास भएको छ ।

सत्ता साझेदार गठबन्धनका कार्यदलबीच मन्त्रालयको भागबण्डा टुंगो लगाउने बैठकमा प्रधानन्यायाधीशलाई दुई मन्त्रालयको सहमति भइसकेको कुरा चुहिएपछि सेटिङमै सवै काम भएको बिषयसमेत छताछुल्ल बन्न पुगेको छ ।

कार्यदलका एक सदस्यले बैठकमा प्रधानमन्त्री देउवा–माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच प्रधानन्यायाधीशको कोटामा दुई मन्त्रालय दिने सहमति जुटेको बिषय आएको जनताटाइम्सले लेखेको छ । ‘प्रधानन्यायाधीशको कोटामा दुई मन्त्री बनाउने कुरा आयो, अरु बिषय थाहा भएन,’ ती सदस्यले भने ।

सत्तारुढ दलका नेताहरुका अनुसार २१ मन्त्रालय भागवण्डामा प्रधानन्यायाधीश जबरालाई पनि भाग छुट्याइएको छ । जसअनुसार कांग्रेस ७ र अन्य तीन दललाई ६र६ ओटा गरी १९ र प्रधानन्यायाधीशलाई दुई मन्त्रालय छुट्टयाइएको हो । ती नेताका अनुसार प्रधानन्यायाधीश जवराले एक जना मन्त्रीका लागि सर्वोच्च अदालतमा सूचना प्रविधि विज्ञका रुपमा काम गरेका दीपक तिमिल्सिना सिफारिश गरेका छन् ।

प्रधानन्यायाधीश संलग्न संवैधानिक इजलासले ७ जेठको मध्यरातमा भएको प्रतिनिधिसभा विघटनको दोस्रो निर्णयलाई उल्ट्याएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सरकारका नाममा परमादेश जारी गरेको थियो । त्यही कारण सत्तामा प्रधानन्यायाधीश जबराको साझेदारी हुन लागेको चर्चा चलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *