उपेन्द्र यादव र प्रचण्डकै निर्देशनमा अख्तियारले कदम चालेको खुलासा

उपेन्द्र यादव र प्रचण्डकै निर्देशनमा अख्तियारले कदम चालेको खुलासा

जसपाका अध्यक्ष उपेन्द्र यादव र माओवादीका अध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास क्षेत्रीय कार्यालयले बुधबार प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा हान्यो ।

ुप्रदेश २ को ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा कम्पनी नखुलाई ११ करोडका १७ हजार साइकल किनेर करोडौं अनियमितता गरेको भन्दै उजुरी परेपछि अख्तियारको टोली सिधै मुख्यमन्त्री लालबाबु राउतको हेडक्वार्टरमा घुसेको थियो । तर राजनीतिज्ञको हेडक्वार्टरमा घुस्ने हिम्मत यतिकै भने आएको होइन ।

वास्तवमा यसका पछाडि पार्टीको केन्द्रीय नेतृत्व उपेन्द्र यादवकै हात थियो । जसपा निकट उच्च स्रोतकाअनुसार उपेन्द्रलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ थियो ।

उपेन्द्रनिकट जसपाका एक सांसदले प्रचण्ड र उपेन्द्र यादवको निर्देशनमा मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा हानेको बताए । यसको पछाडिको कारण भने दुइटा छन् । ती सांसदकाअनुसार पहिलो त मुख्यमन्त्री राउतले अध्यक्ष यादवलाई आर्थिक सहयोग बन्द गरेका छन् ।

राउतको सरकारमाथि पटक पटक पारदर्शिताका सवालमा प्रश्न उठे पनि संघबाट अध्यक्ष उपेन्द्र यादवले संरक्षण गर्दै आएका थिए । तर यसपालि गरेनन् । यसमा मुख्यमन्त्री राउतले तीन महिनादेखि यादवलाई व्यक्तिगत आर्थिक सहयोग नदिएको खुलेको छ । मन्त्री र मुख्यमन्त्री बनाए वापतको पैसा नआएपछि उपेन्द्रले एक्सन लिएको ती सांसदको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *