ईन्चार्जबाट हटाईएपछि निराश बनेका भिम रावल ओली पछिको एमालेको अध्यक्ष घोषणा !

ईन्चार्जबाट हटाईएपछि निराश बनेका भिम रावल ओली पछिको एमालेको अध्यक्ष घोषणा !

केही दिन अघि मात्रै सुदूरपश्चिम ईन्चार्जबाट हटाईएका भीम रावललाई नेकपा एमालेको अध्यक्ष घोषणा गरिएको छ ।उनलाई गृह प्रदेशका जिल्ला अध्यक्षले अबको नेकपा एमालेको केन्द्रीय अध्यक्ष भीम रावल भएको घोषणा गरेका हुन् ।अबको नेकपा एमालेका अध्यक्ष भिम रावल हुने भएको सुदूर पश्चिम डडेलधुरा जिल्लाका एमालेका अध्यक्ष प्रकाश बहादुर साउँदले बताएका छन् ।

सुदूर पश्चिम ईन्चार्जमा भिम रावल र लेखराज भट्टको बिषयमा लिएर धरै अनलाइन मिडिया र युट्युबरले धेरै बिवाद गरिरहेको भन्दै पार्टी भित्र कुनै विवाद नरहेको बताएका छन ।

भिम रावल सुदूरपश्चिमको ईन्चार्ज बर्षौ भइरहेको भन्दै अब उनी अध्यक्ष हुने हैसियत भएको बताएका छन । सुदूर पश्चिमको ईन्चार्जमा नअलमली अब सिधै एमालेको अध्यक्षमा दावि गर्न पठाउने बताएका छन ।एमालेबाट चौटेर बनेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादी पार्टीमा २५ जना सांसदहरु मन्त्री पदको लोलुपले गएको बताएका छन ।

सुदूर पश्चिममा एकीकृत समाजवादी पार्टीमा प्रदेश सांसदहरु धरै देखिएको हुनाले ठुलो दल देखिएको तर त्यहाँका जनता र जनप्रतिनीधिको हिसाबले हेर्ने हो भने २ परसेन्ट मात्र एकीकृत समाजवादी पार्टीमा गएको बताएका छन ।

उनिहरुको कार्य देखेर नै पार्टीले टिकट नदिने भएपछि मन्त्री पदको लागि एकीकृत पार्टीरोजनेको बताएका छन ।उहाँहरुले नयाँ पार्टीमा टिकट त पाइहाल्नुहुन्छ, चुनाव लडन आउनु भयो भने अब सबैको धरौटि जान्छ, उनले भनेका छन ।

एमाले छाडेर गएका साथिहरुलाई धरौटि मात्र लिएर आउन चुनौति दिएका छन, एमाले सँग कम्पीटिसन त परको कुरा भएको बताएका छन । डडेलधुरामा डेर बर्ष पछि शेरबहादुर देउवालाई बिस्थापित गर्ने दावि गरेका छन ।

अब असोजको १ महिन भित्र वडा अधिबेसन गर्ने बताएका छन । वडा अधिबेसन गरुन्जेल सम्म १० हजार सदस्यहरु नेकपा एमालेमा हुने दावि गरेका छन ।
सुदूर पश्चिममा प्रधामन्त्री देउवाले गर्भ लाग्दो कुनैपनि काम नगरेको बताएका छन । उनले गरेको गर्भलाग्दो एउटा मात्र काम देखाउन चुनौति दिएका छन ।

प्रधामन्त्री देउवाले सुदूर पश्चिममा आफ्नो पार्टीको मान्छेहरुलाई आफु भन्दा अगाडि बढ्न नदिएकोे बताएका छन । आफुले ३० बर्ष पहिला शेरबहादुर देउवा ठिक छैन भन्दा ढुङगा हान्ने मानिसहरु अहिले उसैको बिरोधमा रहेको उनले बताएका छन ।

सुदूर पश्चिममा प्रधानमन्त्री देउवाले जित्नुको कारण मानिसहरु बेरोजगार भएको बताएका छन् । सय जना युवाहरु मध्यमा १ जनालाई जागिर लगाइदिएपछि अरुलाई पनि लगाइ दिन्छ की रु भन्ने आसामा बसेको तर अब जनताहरु सबैले देउवालाई राम्रोसँग चिनीसकेको बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *