एमालेविरुद्ध घेराबन्दीको नयाँ श्रृंखला सुरु : अध्यक्ष ओली

एमालेविरुद्ध घेराबन्दीको नयाँ श्रृंखला सुरु : अध्यक्ष ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध घेराबन्दी भइरहेको बताउनु भएको छ ।अध्यक्ष ओलीले एमालेविरुद्ध घेराबन्दीको नयाँ श्रृंखला सुरु भएको उल्लेख गर्नुभएको हो । उहाँका अनुसार मुलुकको भविष्य जोखिममा परेको छ ।

ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको पार्टीको पहिलो विधान महाधिवेशनमा बोल्दै उहाँले यस्तो कुरा बताउनु भएको हो ।अध्यक्ष ओलीले केही व्यक्तिहरुका कारण नेपालको कम्युनिष्ट आन्दोलन बद्नाम भएको पनि आरोप लगाउनुभयो ।

महाधिवेशनमा राजनीतिक प्रस्ताव पेश गर्ने क्रममा ओलीले २०७५ जेठ ३ मा माओवादीसँग एकता नभएको भए यो विधान महाधिवेशन दुई वर्षअघि नै भइसक्ने स्पष्ट पार्नुभयो ।महाधिवेशन उद्घाटन समारोहको हलको मुख्य मञ्चमा विगतमा जस्तो पुराना कम्युनिष्ट नेताहरुको तस्वीर राखिएको छैन ।

एमालेले आफ्ना कार्यक्रमहरुमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, एमाले महासचिव मदन भण्डारी र प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको ठूला तस्वीर राख्ने गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *