चिनियाँ सेना भारतको उत्तराखण्ड प्रवेश गरेर पुल नै पारिदिए ध्वस्त, नरेन्द्र मोदी तनावमा

चिनियाँ सेना भारतको उत्तराखण्ड प्रवेश गरेर पुल नै पारिदिए ध्वस्त, नरेन्द्र मोदी तनावमा

काठमाडौं। चिनियाँ सेनाले सीमा पार गरेर भारतको उत्तराखण्ड राज्यमा प्रवेश गरेको छ ।१ सयभन्दा धेरै चिनियाँ सैनिकहरु ५ किलोमिटर भित्रसम्म प्रवेश गरेका थिए । उनीहरु सीमा पार गर्दै उत्तराखण्डको बाराहोती क्षेत्रमा प्रवेश गरेका थिए ।

यी चिनियाँ सैनिकहरुले भारतभित्र प्रवेश गरेर भारतका संरचनाहरु पनि भत्काइदिएका छन् । रिपोर्टका अनुसार यो घटना ३० अगष्टको हो ।यी चिनियाँ सैनिकहरु सीमा पार गरेर भारतीय क्षेत्रमा ५ किलोमिटर भित्रसम्म प्रवेश गरेका थिए । उनीहरु ५० भन्दा धेरै घोडामा चढेर आएका थिए ।

यसरी भारतीय क्षेत्रमा प्रवेश गरेको २ घण्टापछि चिनियाँ सैनिकहरु बाराहोती क्षेत्रबाट आफ्नो क्षेत्रमा फर्किएका थिए ।इकोनोमिक टाइम्सको रिपोर्टअनुसार तुनजुन ला पास पार गरेपछि भारतीय क्षेत्रमा चिनियाँ सैनिकहरु ५ किलोमिटर भन्दा पनि धेरै भित्र पुगेका थिए ।

चिनियाँ सेना प्रवेश गरेको तुन जुन ला पास लिम्पियाधुराबाट नजिकै पर्छ । नेपालको सीमाको नजिकै भारत र चीनबीच यस किसिमको घटना हुनुले नेपाललाई पनि रणनैतिक र कूटनैतिक रुपले गम्भीर प्रभाव पर्न सक्छ ।तुन जुन ला पासबाट लिम्पियाधुरामा नेपाल, भारत र चीनको त्रिदेशीय सीमाको विन्दू लगभग ७१ किलोमिटरको दूरीमा छ ।

 

रिपोर्टका अनुसार चिनियाँ सैनिकले फर्किनुभन्दा पहिले भारतमा एउटा पुलमा आक्रमण गरेर पुललाई ध्वस्त पारिदिएका छन् ।यो रिपोर्ट प्रकाशित भएसँगै भारतका विपक्षी दलका नेता राहुल गान्धीले ट्वीट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई निशाना बनाएका छन् । यो क्षेत्रमा भारत–तिब्बत सीमा पुलिस तैनाथ छ ।

रिपोर्टका अनुसार चिनियाँ सैनिक आएको सूचना पाएपछि भारतीय सेनाले यो क्षेत्रमा गस्ती पनि गरेको थियो तर भारतीय सेना पुग्दासम्म चिनियाँ सैनिक फर्किइसकेका थिए ।

रिपोर्टका अनुसार दुई देशबीच सीमाको रेखांकनलाई लिएर अस्पष्टता छ जसका कारण बाराहोतीमा उल्लंघनका घटना भइरहन्छन् ।भारतीय अधिकारीहरुले ३० अगष्टका दिन सीमा पार गरेर आएका चिनियाँ सैनिकको संख्यालाई लिएर निकै आश्चर्य व्यक्त गरेका थिए ।यसअघि सेप्टेम्बर २०१८ मा पनि यो क्षेत्रमा चिनियाँ सैनिक पटक पटक प्रवेश गरेका थिए । चीनले यहाँ वास्तविक नियन्त्रण रेखा नजिकै स्थायी संरचना निर्माणलाई पनि तीब्रता दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *