उपेन्द्रमाथि आइलाग्यो अर्को संकट : विश्वासपात्र लालबाबु राउतको अफिसमा अख्तियारको छापा, छताछुल्ल भयो करोडौंको चलखेल

उपेन्द्रमाथि आइलाग्यो अर्को संकट : विश्वासपात्र लालबाबु राउतको अफिसमा अख्तियारको छापा, छताछुल्ल भयो करोडौंको चलखेल

काठमाडौं । जसपाका अध्यक्ष उपेन्द्र यादवलाई अर्को संकट आइलागेको छ । केन्द्रमा सत्ता गठबन्धन र प्रदेश २ मा सत्तामा रहेका बेला उपेन्द्रका विश्वासपात्र मोहम्मद लालबाबु राउत गद्दीको अफिसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । बर्दिबासस्थित अख्तियार कार्यालयमार्फत गएको टोलीले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको हो ।

‘प्रदेश २ को ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा अनियमितता : कम्पनी नखुलाई किनिए ११ करोडका १७ हजार साइकल’ भनेर समाचार आएको र साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले त्यससम्बन्धी कागजात लिन छापा मारेको हो । अख्तियारले भ्रष्टाचारसम्बन्धी फाइल नियन्त्रणमा लिएको छ । प्रदेश २ सरकारले २०७५ साल मंसिरबाट ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *