मन्त्रालय भागबण्डामा फेरि लफडा : प्रचण्डले मागे कांग्रेसकै बरावरी हैसियत

मन्त्रालय भागबण्डामा फेरि लफडा : प्रचण्डले मागे कांग्रेसकै बरावरी हैसियत

काठमाडौं, असोज १३ । सत्तारुढ गठबन्धनमा मन्त्रालय भागबण्डालाई लिएर फेरि लफडा सिर्जना भएको छ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कांग्रेसकै बरावर हैसियत चाहिने भन्दै सञ्चाल, भौतिक योजना, खानेपानीलगायतका मन्त्रालय दावी गर्नुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भएको छलफलमा प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादवको जसपा भन्दा आफ्नो दल ठूलो भएको र सरकार बनाउन आफ्नो सवैभन्दा बढी भूमिका रहेकोले सात मन्त्रालय चाहिने अडान राख्नुभएको छ । बालुवाटारनिकट स्रोतले जनताटाइम्सलाई दिएको जानकारीअनुसार प्रचण्डले माधवकै हैसियतमा सरकारमा आफ्नो दल सहभागी हुने बिषय सोच्न पनि नसकिने भन्दै भागबण्डामा सात मन्त्रालय चाहिने अडान राख्नुभएको हो ।

सत्ता गठबन्धनबीच नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्रालय र अन्य तीन दलले ६ मन्त्रालय लिने सहमति बनेको थियो । हालसम्म कांग्रेसको भागमा प्रधानमन्त्रीसहित चार मन्त्री नियुक्त भइसकेका छन भने माओवादीले दुई मन्त्री नियुक्त गरेको छ । आजको छलपलमा प्रचण्डले अव कम्तिमा थप ५ मन्त्रालय आफूलाई चाहिने बटमलाइन सुनाउनु भएको बालुवाटार स्रोतले बतायो ।

आजको भेटमा प्रचण्डले वर्तमान दुईसहित सात मन्त्रालय माग्नुभएको हो । प्रधानमन्त्री देउवाले नेकपा एसलाई ६ मन्त्रालय दिने भनेपछि दाहालले आफूलाई सात मन्त्रालय चाहिने बटमलाइन सुनाउनु भएको हो । ‘माधवको पार्टी हामीले बनाइदिएको हो, हामीले नै बनाइ दिएको पार्टीकै हैसियतमा माओवादीलाई राख्ने कुरा साथीहरुले मानेनन, त्यसैले माधव र उपेन्द्रजीको पार्टीकै हैसियतमा यो सरकारमा रहिरहन सकिन्न, कांग्रेसले पाएजत्ति सात मन्त्रालय नै चाहिन्छ,’ देउवासँग प्रचण्डको भनाई उधृत गर्दै स्रोतले भन्यो ।

माधवको पार्टी हामीले बनाइदिएको हो, हामीले नै बनाइ दिएको पार्टीकै हैसियतमा माओवादीलाई राख्ने कुरा साथीहरुले मानेनन, त्यसैले माधव र उपेन्द्रजीको पार्टीकै हैसियतमा यो सरकारमा रहिरहन सकिन्न, कांग्रेसले पाएजत्ति सात मन्त्रालय नै चाहिन्छ

प्रचण्डले कांग्रेस र माओवादीले मन्त्रालयको भागबण्डा टुंगो लगाएर छानेपछि मात्रै माधव र उपेन्द्रलाई बाँकी रहेको मन्त्रालय दिनुपर्ने अडान पनि राख्नुभएको छ । प्रचण्डको सो प्रस्तावलाई देउवाले सोझै अस्वीकार नगरे पनि घुमाएर संभव नहुने बताउनु भएको छ । प्रधानमन्त्री देउवाले कांग्रेसभित्रको आन्तरिक समस्यालाई बुझिदिन भन्दै बरावरी हैसियत हुन नसक्ने जवाफ दिनुभएको हो ।

कांग्रेसमा पनि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहलाई मन्त्री बाँड्दा देउवासँग अहिले रहेका चार जनामात्रै सीमित हुने अवस्था छ । यता माधव र उपेन्द्र समुहलाई मन्त्रालयको बिषयमा सहमति जनाइसकेको कारण अव थप छलफल गर्दा लफडा बाहिर आउने तथ्यसमेत देउवाले राख्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *