मन्त्री खान रातारात एमाले छोडेका किसानको भाग्य चम्कियो, यस्तो खबर सुनेपछि खुसीले गदगद

मन्त्री खान रातारात एमाले छोडेका किसानको भाग्य चम्कियो, यस्तो खबर सुनेपछि खुसीले गदगद

नेकपा समाजवादी का नेता तथा सांसद कृष्णकुमार श्रेष्ठ किसान श्रेष्ठ मन्त्री बन्ने पक्कापक्की भएको छ ।नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई चुनावमा हराएका श्रेष्ठलाई केपी शर्मा ओलीले समेत मन्त्री नबनाएपछि सर्वत्र आलोचना भएको थियो ।

कांग्रेसका घानी तनहुँ १ मा पौडेल जस्ता वरिष्ठ नेतालाई पराजित गरेका श्रेष्ठलाई नेकपा समाजवादीले भने पुरस्कृत गर्ने पक्कापक्की भएको छ ।मन्त्री परिषद विस्तारका लागि तयारी भइरहँदा उनलाई मन्त्री बनाउने विषयमा नेताहरुले सहमति जनाएका छन् । गण्डकी प्रदेश समेट्नुपर्दा उनी एक्ला दावेदार समेत हुन् ।

गण्डकी प्रदेशका इञ्चार्ज समेत रहेका पार्टी उपाध्यक्ष केशवलाल श्रेष्ठले गण्डकीबाट मन्त्री बनाउँदा बन्ने किसान श्रेष्ठ नै भएको बताए ।मन्त्रालयको भागवण्डा मिलाउने र कोको मन्त्री जाने भन्ने विषयमा टुंगो लागिनसकेको नेता श्रेष्ठको भनाइ छ ।

नेकपा समाजवादीबाट किसान श्रेष्ठसहित विरोध खतिवडाको नेतृत्वमा प्रेम आले, मेटमणी चौधरी, रामकुमारी झाँक्री लगायतका सांसदहरुलाई मन्त्री बनाउने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *