देउवालाई मन्त्रीको नाम लिष्ट वुझाएर फर्किए प्रचण्ड, चर्चानै नभएका ३ पात्रले पाए सप्राइज

देउवालाई मन्त्रीको नाम लिष्ट वुझाएर फर्किए प्रचण्ड, चर्चानै नभएका ३ पात्रले पाए सप्राइज

दल विभाजनका लागी ल्याएको अध्यादेश खारेज गरे पछि सत्ता गठबन्धन मन्त्रीपरिषद विस्तारका लागी जोडतोडले लागेका छन् ।आज विहान मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीको नाम लिष्ट बुझाएर फर्किएका छन् । अध्यक्ष प्रचण्डले बुझाएको नाममा केहि पात्रले सप्राइज पाएका छन् र

स्रोतका अनुसार पार्टीले पाउने बाँकी चार मन्त्रीको नाम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बुझाउनुभएको छ बताइएअनुसार स्थायी कमिटी सदस्यद्वय हरिबोल गजुरेल र देवेन्द्र पौडेल प्रचण्डको रोजाइमा परेका छन् ।

त्यस्तै, समानुपातिक सांसद अञ्जना बिसंखे र बाँकेका महेश्वर गहतराजको नाम प्रधानमन्त्रीको हातमा परेको छ । माओवादीबाट यसअघि पम्फा भुसाल ऊर्जा र जनार्दन शर्मा अर्थमन्त्री बनिसकेका छन् ।

गठबन्धनमा काँग्रेसले ७, माओवादी,नेकपा एकीकृत समाजवादी र जसपाले ६–६ मन्त्री लिने सहमति भएको बुझिएको छ । सोहीअनुसार माओवादीले चार मन्त्रीको नाम टुङ्गो लगाएको हो । माओवादीको स्थायी कमिटी बैठकले यसअघि नै मन्त्रीको नाममा अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

माओवादीमा केही नेताले पटक–पटक मन्त्री बन्ने अवसर पाउँदा अन्य नेतामाथि अन्याय भएको भन्दै नेतृत्वको आलोचना भइरहेका बेला यसपटक भने तीन जना नयाँ अनुहार मन्त्रिपरिषदमा देखिने भएका छन् । शर्मा,भुसाल र गजुरेल पटक–पटक मन्त्री बनिसकेका छन् भने पौडेल, विशंखे र गहतराज पहिलोपटक सिंहदरबार छिर्न लागेका हुन् ।माओवादीमा भूगोल, समानुपातिक र नयाँ तथा अनुभवीलाई समेटेर मन्त्रिपरिषदमा पठाउनुपर्नेमा नेताहरुले जोड दिँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *