ओलीले गरे फेरि त्यहि पुरानो अडान, के गर्ला देउवा सरकार ?

ओलीले गरे फेरि त्यहि पुरानो अडान, के गर्ला देउवा सरकार ?

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद प्रभावकारी हुन नसकेको भन्दै ताजा जनादेशमा जान प्रस्ताव गरेका छन् ।मंगलबार सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा ओलीले भने, ‘यो संसद चलिराखेको छैन, ताजा जनादेशमा जान जरुरी छ’।

अहिलेको गठबन्धनले नै चुनाव गराए पनि आफ्नो पार्टीलाई मान्य हुने ओलीको धारणा छ । ओलीले अहिलेको राजनीतिक अकर्मण्यताको स्थितिमा ताजा जनादेशमा गएर देशलाई गतिशील बनाउनुपर्ने धारणा राखे ।

ओलीले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेपनि दुबै पटक सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो । तर ओलीले अहिलेको संसदले ठीकसँग काम गर्न नसकेको भन्दै ताजा जनादेशमा जानुको विकल्प नभएको दावी गर्दै आएका छन् ।

अर्को प्रसंगमा ओलीले जेट दुईजना पाइलटले चलाउने भएपनि पार्टी नचल्ने रहेछ भन्ने पाठ सिकिएको भन्दै अब चुनाव जितेर एउटै पाइलटले ५ वर्षसम्म सरकार चलाउने बताए । ‘जेट दुई जना पाइलटले चलाउँछन् । तर पार्टी दुई पाइलटले चलाउँदा चल्दैन रहेछ’, ओलीले भने, ‘सरकार ५ वर्ष चलेन अब चुनाव जितेर एउटैले चलाइन्छ ।’

ओलीले नेपाललाई कालोधनको वासिङ मेसिन बनाउन खोजिएको भन्दै कटाक्ष समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *