मन्त्री बन्ने मान्छेनै पाएन गठबन्धनले, सुन्दा पत्यार नलाग्ला तर यस्तो छ यथार्थ

मन्त्री बन्ने मान्छेनै पाएन गठबन्धनले, सुन्दा पत्यार नलाग्ला तर यस्तो छ यथार्थ

मन्त्री खानेको चापले अहिले सम्म मन्त्रीपरिषद विस्तार गर्न नसकेको परमादेश बाट बनेको देउवा सरकारमा अहिले मन्त्री खाने मान्छै नपाउँने अवस्था आयो भन्दा विश्वास नलाग्न सक्छ तर अवस्था त्यस्तै देखिएको छ ।

सर्वोच्च अदालतको कृपाले परमादेश बाट सरकार नै उपहार पाए पछि परमादेश सरकार बनाउँन जोडतोडले लागेका नागरिक समाजका मान्छेहरुबाट दूई जनालाई मन्त्री बनाउँने भनेर गठबन्धनका नेताहरुले सहमती गरेका छन् तर अहिले मन्त्री खाने मान्छे नपाउँने सम्भावना बढेर गएको छ ।

खासमा नागरिक समाजका मान्छेलेनै दवाव दिएर यस्तो निर्णय गरिएको तर समाचार बाहिर आए पछि व्यापक विरोध हुन थालेर मन्त्री बन्नका लागी दौरा सुरुवाल लगाएर बसेकाहरु पनि हच्चिएको बताइन्छ । नागरिक समाजवाट मन्त्री बन्नका लागी गठबन्धनले गरेको प्रस्तावलाई वरिष्ठ अधिवक्ता शम्भु थापाले ठाडै अस्विकार गरिदिएका छन् ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले आफूले मन्त्री बन्न भनी आएको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । देउवा सरकार बनेलगत्तै मन्त्री बन्न प्रस्ताव आएपनि आफूले अस्वीकार गरेको उनको भनाइ छ ।

थापा र अर्का अधिवक्ता गोविन्द शर्मा बन्दीलाई मन्त्री बनाउने तयारी भएको भन्दै चर्चा भइरहेको बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन्।तपाईंलाई मन्त्री बन्ने प्रस्ताव आएको हो भन्ने प्रश्नमा उनले अहिले होइन, धेरै पहिला आएको थियो भन्ने जवाफ दिँदै आफूले त्यसलाइ अस्वीकार गरेको बताएका छन्।

उनले वर्तमान सरकार बनेलगत्तै प्रस्ताव आएको तर इन्कार गरेको बताएका छन्। उनले आफूले मन्त्री पद अस्वीकार गरिसकेकाले त्यसबारे चर्चा गरिरहन आवश्यक नरहेको पनि बताए ।

नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले आफ्ना सम्धीका साढुभाई वरिष्ठ अधिवक्ता गोविन्द बन्दीलाई मन्त्री बनाउँन निकै जोडबल गरेका छन् तर उनको नाममा पनि व्यापक विरोध भइरहेको छ । बन्दीले मुखै खोलेर मन्त्री नखाने भनिसकेका छैनन् तर यति धेरै विरोधका बावजुद लाजै पचाएर मन्त्री खान उनलाई पनि गारो हुने अनुमान गरिएको छ ।

गठबन्धनले विभिन्न तहबाट खगेन्द्र संग्रौला , नारायण वाग्ले लगायतलाई पनि नागरिक समाजको कोटाबाट उपहार स्वरुप मन्त्री बन्न अफर गरेको बताइन्छ तर सम्भावित आलोचनालाई आँखै अगाडी देखेका उनीहरुले मन्त्री बन्ने आँट गर्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *