पृथ्वी राजमार्गअन्तर्गत धादिङमा पहिरोले ५ सवारी साधन पुरिएः दुईको मृ’त्यु, ६ जना घा’इते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृ’त्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । प्रजा सोही ट्रकमा मृत फेला परेका हुन् भने सोनीको आज बिहान उपचारको क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो ।

बेनिघाट रोराङ गाउँपालिका-१० स्थित राजमार्गमा काठमाडौँ तर्फबाट मुग्लिनतर्फ जाँदै गरेको पहिरोले सवारीसाधन पुरिँदा ना ८ ख ४५४० नम्बरको ट्रकमा सवार चितवनको राप्ती नगरपालिका वडा नं ६ का ४० वर्षीय हरिबहादुर प्रजा , चितवन भण्डाराका ३६ वर्षीय सुदिप प्रजा घाईते भएका छन्।

घाईतेहरुको चितवनमा उपचार भइरहेको छ। त्यस्तै, ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतका ५५ वर्षीय राकेश कुमार, ७ वर्षीय शुभम कुमार, २७ वर्षीय सन्देश कुमार र २५ वर्षीय राजा कुमार घाईते भएका छन्। उनीहरुको पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिए। अविरल वर्षासँगै पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

विहीबार रातीदेखि नै अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडकमा थप पहिरो र लेदोमाटो झर्दा काठमाडौंबाट गएका सवारीहरु मुग्लिनमा र पूर्व तथा पश्चिमबाट राजधानी आएका सवारीसाधनहरु नरायणगढमै रोकिएका छन् । मालबाहक तथा यात्रुबाहक सवारीको लामो लाइन लागेको छ ।

वर्षा नरोकिएकाले पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । नारायणगढदेखि काठमाडौंसम्म सात स्थानमा ठूलो पहिरो गएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । तीमध्ये मुग्लिनबाट नारायणगढसम्म पाँच स्थानमा ठूलो पहिरो झरेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित सत्रकिलो, पाँचकिलो, चारकिलो र जलवीरे तथा भरतपुर महानगरपालिका-२९ को सेती दोभानमा ठूलो पहिरो खसेको छ ।त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकासहित गजुरी गाउँपालिकाको सेतीपूलमा पनि पहिरोले सडक अबरुद्ध भएको छ । धादिङ सदरमुकाम जोड्ने कालु पाँडे राजमार्ग अन्तर्गत सिद्धलेक गाउँपालिका-६ परेवाटारमा पनि ठूलो पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *