पहिलो पटक गरिब र विपन्नलाई आर्थिक राहत, दीर्घ रोगीलाई मासिक उपचार खर्च !

पहिलो पटक गरिब र विपन्नलाई आर्थिक राहत, दीर्घ रोगीलाई मासिक उपचार खर्च !

अर्थमन्त्री जनार्दन शर्माले सरकारले पहिलो पटक गरिब र विपन्नहरुलाई आर्थिक राहत दिने कार्यक्रम ल्याएको बताएका छन् । आज पेरिसडाँडामा आयोजित पार्टी निकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

बैठकमा अर्थमन्त्री शर्माले सरकारले पहिलो पटक गरिब र विपन्नहरुलाई आर्थिक राहत दिने कार्यक्रम ल्याएको चर्चा गर्दै दीर्घ रोगीहरुलाई मासिक उपचार खर्च दिने पनि व्यवस्था पहिलो पटक गरिएको बताए ।

यस्तै उनले यसअघि सञ्चालित जनता आवास कार्यक्रमले समेत दलित समुदायलाई राम्रोसँग सम्बोधन गर्न नसकेकाले दलितहरुको लागि पनि आवास योजना अघि सारिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *