सरकारले फिर्ता बोलाइसकेका खतिवडाले नै फेरि राजदूत बन्दैछन् ? अमेरिकामै काँग्रेस नेतासँग अनौठो भेट !

सरकारले फिर्ता बोलाइसकेका खतिवडाले नै फेरि राजदूत बन्दैछन् ? अमेरिकामै काँग्रेस नेतासँग अनौठो भेट !

शेरबहादुर देउवा नेतृत्वको सरकारले ११ वटा मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको एक साता बित्दै लाग्दा समेत उनीहरु कार्यक्रममा सहभागि भइरहेको पाइएको छ । गत साता सरकारले ३ हप्ताभित्र आइपुग्ने गरी अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडा सहितलाई स्वदेश फिर्ता बोलाइएको थियो ।

तर, केही राजदूत फर्किने तरखरको सट्टा विभिन्न स्वागत कार्यक्रममा सहभागी भइरहेका छन् । त्यो क्रममा अहिले सबैभन्दा अगाडि देखिएका हुन् ।
उनले शनिवार मासाचुसेट्स राज्यका राज्य प्रतिनिधिहरु (काँग्रेस) सँग औपचारिक भेटघाट गरेका छन् ।

उनी त्यहाँका सांसदहरुसँग भेट्न बोस्टन शहर पुगेका हुन् । उनी त्यस अवसरमा राजदूतकै हैसियतमा सहभागी भएको बोस्टनमा आयोजित एउटा स्वागत तथा रात्रीभोजका सहभागीहरुले बताएका छन् । जबकि सरकारद्वारा फिर्ता बोलाइसकिएका राजदूत स्वागत कार्यक्रममा सहभागी हुनुलाई सहभागीहरुले अनौठो मानेका छन् ।

खतिवडाले उक्त राज्य सिनेटका वैकल्पिक सिनेटर ब्राउनस बर्गर, राज्य जनप्रतिनिधि डोनाल्ड वङ्ग र एसियन ककसका ट्याकी चानसँग भेटघाट गरेका हुन् । त्यसैगरी राज्यसभाका गभर्नर,सिनेटर,बोस्टन नगर प्रमुख तथा सभामुखलाई समेत उनले भेटेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *