एमालेबाट बिद्रोह गरेका यि हुन एकीकृत समाजवादीबाट मन्त्री बन्ने सांसदहरु !

एमालेबाट बिद्रोह गरेका यि हुन एकीकृत समाजवादीबाट मन्त्री बन्ने सांसदहरु !

काठमाडौं । एकीकृत समाजवादीले सरकारमा जाने ६ जना सांसदको नाम टुंगो लगाएको छ ।एकीकृत समाजवादीका एक नेताले अध्यक्ष माधव नेपालले सांसदहरूसँग छलफलपछि मन्त्रीको नाम टुंगो लगाइसकेको बताएका छन् । ती नेताका अनुसार, ढिलोमा भोलिसम्म मन्त्रिपरिषद् विस्तार भइसक्नेछ ।

राजनीतिक दलसम्बन्धी अध्यादेश सरकारले सोमबार फिर्ता लिएको अवस्थामा ढिलोमा मंगलबारसम्ममा मन्त्रिपरिषद् विस्तार हुने ती नेताको दाबी छ ।एकीकृत समाजवादी स्रोतका अनुसार, सांसद विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने टुंगो लागिसकेको छ । खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ, जीवनराम श्रेष्ठ र मेटमणि चौधरी मन्त्री हुनेछन् ।

मन्त्रीका लागि सिफारिस भएका एक सदस्यले मन्त्रालय भने टुंगो नसकेको जनाए । यद्यपि, खतिवडा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने सम्भावना छ । त्यसैगरी, संस्कृति पर्यटन तथा नागिरक उड्डयन्त्र र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पनि एकीकृत समाजवादीले पाउने सम्भावना छ ।

स्रोतका अनुसार प्रदेश १ बाट भवानी खापुङलाई राज्यमन्त्री बनाउने प्रयास भएको थियो । तर, पार्टीभित्र समीकरण मिलाउँदा खापुङ अहिले मन्त्री नबन्ने बरु अर्को चरणमा उनलाई समेटिनेछ । प्रेम आले र शेरबहादुर कुँवरमध्ये कसलाई बनाउने भन्ने सहमति जुटेको थिएन ।

तर, कुँवर राष्ट्रियसभा सदस्यको भएको र उनको समय आउँदो फागुनसम्म भएकाले त्यसपछि उनलाई गैरसंसादको रूपमा मन्त्री बनाउन सकिने उपाय निस्किएपछि पहिलो चरणमा आले मन्त्री बन्न लागेका हुन् ।

त्यसैगरी, सरला यादवलाई उपसभामुख बनाउनेबारेमा छलफल अगाडि बढेको छ । अहिले मन्त्रीका लागि सिफारिसमा नपरेका केही सांसदलाई भने संसदीय समितिको सभापति बनाउनेबारेमा एकीकृत समाजवादीमा छलफल भइरहेको छ ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भने सत्ता गठबन्धनबीच मन्त्रालयको विषय नै टुंगो नलागेको दाबी गरे । भुसालले भने, ‘अहिलेसम्म मन्त्रालय नै टुंगो लागेको छैन, मन्त्रीका लागि नाम छनोटको विषय मुख्य होइन, मन्त्रालय टुंगो लाग्ने बित्तिकै मन्त्री बन्ने सांसदहरू छनोटका लागि हामीलाई समस्या हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *