अवतरण गर्ने बेलामा बुद्ध एयरको विमान चक्का खुल्ने ‘इन्डिकेटर’ नबलेपछि

बुद्ध एयरको विमान चक्का खुल्ने ‘इन्डिकेटर’ नबलेपछि

ककपिटको ड्यासबोर्डमा चक्का खुल्ने ‘इन्डिकेटर’ नबलेपछि बुद्ध एयरको विमान विराटनगरबाट काठमाडौं अवतरण गराइएको छ ।त्रिभुवन विमानस्थलको उच्च स्रोतले लोकान्तरलाई दिएको जानकारीअनुसार उक्त विमान विराटनगर विमानस्थलमा पुग्दा जहाज अवतरण गर्नका लागि चक्का खुलेको थियो तर जहाजका चालक (पाइलट)ले त्यसको इन्डिकेसन नै नपाएपछि त्यहाँ अवतरण गराउन सकेनन् ।

‘जहाजको ककपिटमा रहेको ड्यासबोर्डमा चक्का खुल्ने वा नखुल्ने भन्ने कुरा बुझ्नको लागि इन्डिकेटर हुन्छ, अवतरण गर्ने बेलामा चक्का (गियर)खुलेको थियो तर इन्डिकेटरको इन्डिकेसनमा नै समस्या भएको कारण चालक अलमलमा परेका थिए,’ स्रोतले भन्यो,’चक्का खुलेपछि फेरि चक्का लक् भयो वा भएन भन्ने कुराको पनि जानकारी त्यही इन्डिकेटरबाट मात्र पाइलटले थाहा पाउने हो, तर इन्डिकेटर नै नबलेपछि जहाजलाई काठमाडौं फर्काइएको हो ।’

आकस्मिक अवतरणका लागि विमानस्थलमा दमकल, एम्बुलेन्स, सुरक्षाकर्मीसहितको उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको थियो ।सोमवार बिहान विराटनगरका लागि उडेको विमान अवतरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्किएको थियो । काठमाडौंको आकाशमा ६ / ७ पटक फन्को मारेपछि विमान ल्याण्ड गरेको थियो । सोमवार बिहान साढे १० बजे विमान सुरक्षित अवतरण भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *