कांग्रेसका २ दर्जन नेता-कार्यकर्ताले गरे राजीनामा दिदै पार्टी छाडेको घोषणा

कांग्रेसका २ दर्जन नेता-कार्यकर्ताले गरे राजीनामा दिदै पार्टी छाडेको घोषणा

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा भएको नेतृत्व छनौट प्रक्रिया प्रति असन्तुष्टि जनाउँदै दर्जनौँ कार्यकर्ताले पार्टी छाडेका छन् । धादिङको खनियावास गाउँपालिकाका २ दर्जन कार्यकर्ता पार्टी छाडेको घोषणा गरेका हुन् ।

आइतबार खनियाबास ३ का वडा सभापतिलाई हरि तामाङको नेतृत्वमा राजिनामा पेश गरिएको हो । २०४५ सालदेखि नेपाली कांग्रेसको विभिन्न भातृ संगठनमा रहेर क्रियाशिल रहेका तामाङको नेतृत्वमा २३ जना क्रियाशिल सदस्यले पार्टी परित्याग गरेका छन् । उनीहरुले पार्टीले विधानसम्मत गाउँपालिका कार्य समिति चयन नगरेको र एकलौटी ढंगबाट आफूअनुकुल पदाधिकारी चयन गरेको आरोप लगाएका छन् ।

संविधानसभाका सदस्य अमृत लाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन् । हालै झापाको विर्तामोड ४ बाट नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा पराजित भएका राजवंशी एमाले प्रवेश गरेका हुन् ।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा ओढाइदिएर एमालेमा स्वागत गरे । राजवंशीलाई नेपाली कांग्रेसले समानुपातिक कोटाबाट पहिलो संविधानसभाको सदस्य बनाएको थियो । दोस्रो संविधानसभामा पनि उनी सदस्य थिए । संसद सचिवालयको विवरण अनुसार झापा अनारमनीका राजवंशीले तीन वर्ष भूमिगत जीवन बिताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *