पार्टी खोलेको महिनादिन नबित्दैं माधव नेपालमाथि फेरि ठूलो बज्रपात, पूर्वमन्त्री नै हुईकिए एमालेमा !

पार्टी खोलेको महिनादिन नबित्दैं माधव नेपालमाथि फेरि ठूलो बज्रपात, पूर्वमन्त्री नै हुईकिए एमालेमा !

नयाँ पार्टी खोलेको महिनादिन नपुग्दैं माधव नेपालमाथि ठूलो बज्रपात भएको छ । पूर्वमन्त्री पुरुषोत्तम पौडेलले माधव नेपालको साथ छोडेका छन् ।नेकपा एकता एकता भंग भई एमाले ब्युँतिएपछि माधव नेपालसँगै समानान्तर कमिटीमा आबद्ध पौडेल पार्टी विभाजनको एक महिनापछि एमालमै रहने निर्णयमा पुगेका हुन् ।

पौडेल माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीमा पनि आबद्ध भइसकेका थिए । तर उनले एक महिनामै माधवलाई त्याग गरेका छन् ।तत्कालीन एमालेको खेलकुद महासंघका अध्यक्ष पौडेल सुशील कोइरालाको पालामा खेलकुद मन्त्री बनेका थिए । पौडेलले एमालेमा ४३ वर्ष सक्रिय राजनीतिक जीवन बिताइसकेकोले आफ्नो कर्मभूमि र मूल पार्टीलाई एकीकृत गर्ने पक्षमा निर्णय गरेको जानकारी दिएका छन् ।

अलग पार्टी बनाएर शक्तिलाई विभाजन गर्नुभन्दा पार्टीभित्रै बसेर समस्याहरूको समाधान गर्दै अघि बढ्ने प्रयास गर्नु बढी उपयुक्त देखिने उनको भनाइ छ । ुविभाजनतिर लाग्नुभन्दा आफूले जगैदेखि उठाएको पार्टीलाई अझै मेहनत साथ शुद्धीकरण र सुदृढिकरण गर्दै अघि बढ्नु उचित हुने देखिन्छ ।

पार्टी विभाजन गरेर अनेक शक्तिहरूलाई खेल्ने अवसर दिनुभन्दा हरेकले आफैंलाई सच्याएर अघि बढ्नु सर्वथा उचित हुने स्पष्ट छ,ु उनले भनेका छन् ।विगतमा पनि पार्टीभित्रका समस्याहरूको समाधान र एकताको पक्षमा आवाज उठाउँदै आएको भन्दै पौडेलले आफूले मेहनतपूर्वक बनाएको पार्टीभित्र बसेर विकृति तथा विसंगत विचारसँग लड्दै अघि बढ्ने उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *