जनार्दनको यो एक वाक्यले देशभरका माओवादी नेताकार्यकर्तालाई बनायो सिरियस !

जनार्दनको यो एक वाक्यले देशभरका माओवादी नेताकार्यकर्तालाई बनायो सिरियस !

काठमाडौं – अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका चर्चित नेता जनार्दन शर्माले माओवादी पार्टी विघटन हुनुको कारणले देशभरका पार्टी नेताकार्यकर्तालाई सिरियस बनाएका छन् । आज चौंरीदेउराली–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले प्रचण्डपथ छाडेदेखि पार्टीमा विघटन सुरु भएको दाबी गरे ।

मन्त्री शर्माले विचारको केन्द्रीकरणको महत्त्व अहिले आएर बुझेको बताएका छन् । मन्त्री शर्माले भने, ‘हामीले प्रचण्डपथ जुन दिन छोड्यौं, त्यो दिनबाट पार्टीमा विघटन सुरू भयो, गुटबन्दी सुरू भयो ।

अनेक–अनेक समस्यामा पार्टी गयो । विचारको केन्द्रीकरण, संश्लेषणको कति महत्त्व हुने रहेछ भन्ने कुरा आज आएर हामीले बुझेका छौं ।’ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नामबाट स्थापित प्रचण्डपथमा नाम मात्रै नजोडिएर त्यसमा उत्पीडित वर्गको भावना पनि जोडिएको शर्माले बताए ।

‘हामीले जनयुद्धका बेलामा विचार केन्द्रित गरेका थियौं । प्रचण्डपथ निर्माण गरेका थियौं । प्रचण्डपथभन्दा प्रचण्डको नाम जोडिएको थियो । त्यो नाम जोडिएको कुरा मात्रै होइन,

नेतृत्वमा उहाँ रहेको कारण उहाँको नाम जोडियो,’ मन्त्री शर्माले भने, ‘त्यसभित्र हामीले आमउत्पीडित जनताको भावना, पछाडि परेका सबैको भावना जोडेर सामन्तवादविरुद्ध प्रस्टरूपमा प्रहार गरेका थियौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *