राष्ट्रपति कार्यालय शीतल निवाससमेत चीनको ‘कब्जा’मा, चिनियाँ राजदूतले धज्जी उडाइन नेपाली स्वाधिनताको

राष्ट्रपति कार्यालय शीतल निवाससमेत चीनको ‘कब्जा’मा, चिनियाँ राजदूतले धज्जी उडाइन नेपाली स्वाधिनताको

काठमाडौं । नेपालको राष्ट्रपति कार्यालय चीनका राष्ट्रपति सी चिनफिङको जीवनी समेटिएको पुस्तक सार्वजनिक गर्ने थलो बनेको छ ।चिनियाँ राष्ट्रपतिको विचार र उनले गरेका कामको नेपालमा प्रचार गर्ने माध्यम राष्ट्रपति विद्यादेवी भण्डारी बनेकी छन् । नेपाली स्वाभिमान र स्वाधिनताको धज्जी उडाउँदै चिनियाँहरुले नेपालको सर्वोच्च निकायलाई पुस्तक प्रचार विभाग बनाएका हुन् ।

कम्युनिस्ट पृष्ठभूमि भए पनि विद्यादेवी भण्डारी देशकै राष्ट्रपति हुन् । उनले अर्का देशका राष्ट्रपतिको पुस्तक प्रवर्द्धन गर्ने, अर्को देशका राष्ट्रपतिको विचार प्रवर्द्धन गर्ने काम गर्न नहुने हो । तर राष्ट्रपति पदमा बसेर अर्को देशको राजनीतिक विचाराधारा प्रवर्द्धन गर्नुले नेपालको राष्ट्रपति कार्यालय र राष्ट्रपति कतिसम्म चीनको कब्जामा छ, दबाब तथा प्रभावमा छ भन्ने देखाउँछ ।

अझ किताब प्रवर्द्धन एक पटकमात्र होइन पटक पटक सिरिजमा गर्दा यो तथ्यलाई बल पुग्छ । राष्ट्रपति भण्डारीले यसअघि २०७३ साल पुस ३ गते शीतल निवासमा ‘सी चिनफिङः चीनको शासन व्यवस्था‚ खण्ड १’ पुस्तकको लोकार्पण गरेकी थिइन् । अझ यसलाई उनले सुअवसर भनेकी थिइन् ।

अहिले फेरि ‘सी चिनफिङः चीनको शासन व्यवस्थाʼ खण्ड २’ पुस्तकको नेपाली संस्करण लोकार्पण गरेकी छन् । त्यतिमात्र होइन खण्ड ३ को परिचयात्मक समारोहमा सहभागी भएकी छन् । भोलिका खण्ड ३ को प्रवर्द्धनको जिम्मा पनि राष्ट्रपतिले नै लिएकी छन् ।

यसरी देशको सर्वोच्च संस्था राष्ट्रपति कार्यालय नै कुनै देशको राष्ट्रपतिको पुस्तक प्रवर्द्धन गर्ने माध्यम बनेपछि आलोचना सुरु भएको छ । छिमेकी देशका समक्षकीको पुस्तक पढ्नु, पुस्तक उपहार लिनु त स्वभाविकै हो । तर सिलसिलेवार पुस्तक लोकार्पण गर्नु, प्रवर्द्धन गर्नुले पदको गरिमा कायम हुन सक्दैन ।

यो सिधा सिधा अर्को देशको प्रवक्ता बनेजस्तो देखिन्छ । यसो हुनुमा दबाब प्रभाव नभई हुने कुरा भएन । यसमा चिनियाँ राजदूत होउ यान्छीले सीमा नाघेकी छन् । बहालवाला प्रधानमन्त्रीलाई तपाई कुर्सी छोड्नुस् भनेर रवाफ देखाउने राजदूत यान्छीले राष्ट्रपतिलाई त के टेर्थिन् । चिनियाँ राजदूतले जे भन्यो त्यहीँ राष्ट्रपतिले मानिरहेको देखिन्छ ।

कुटनीतिक रुपमा आफू विश्व शक्ति भएको रवाफ चिनियाँ राजदूतले देखाउने गरेकी छन् । निरन्तर नेपालको राष्ट्रपति कार्यालयलाई चीनले पुस्तक लोकार्पण गर्ने ठाउँ बनाएपछि विरोध सुरु भएको छ ।

पत्रकार अनिल गिरीले ट्वीटरमा सोधेका छन्, ‘राष्ट्रपति विद्यादेवी भण्डारीले लेखेको या उनको बारेमा लेखेको पुस्तक चीनका राष्ट्रपति सी चिनफिङले चिनको राष्ट्रपति भवनमा लोकार्पण गर्लान कि न गर्लान ? सम्बन्ध त पारस्परिक सम्मान र समनताको आधारमा हुन्छ भन्ने भाषण सुनेको थिए र सोधेको ।’

उनको ट्वीटमा त्रिलोक्यराज अर्यालले जवाफ दिएका छन्, ‘अवस्यै गर्दैनन्/नेपालमा जे गरे पनि हुन्छ । त्यसैले आफू त देशको टेन्सन लिन बन्द । जसलाई देशले यो देशकोबारे टेन्सन लिन पैसा/सेवा/सुबिधा दिन्छ, उनीहरुलाई नै स्वाभिमान/स्वाधिनताको मतलब छैन । विचित्रकै मुलुक बनाए नेपाललाई नेपालीहरुले नै ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *