प्रहरीलाई पनि चकित पार्ने गरि गरे यस्तो काम, यस्ता काम गरे बापत कति लिन्छन पैसा ?

प्रहरीलाई पनि चकित पार्ने गरि गरे यस्तो काम, यस्ता काम गरे बापत कति लिन्छन पैसा ?

काठमाडौ । नेपाल प्रहरीले चोरीका गाडी र नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई पक्राउ गरेर मंगलवार सार्वजनिक गर्यो । भारतबाट गाडी चोरी गरी नेपाल भित्र्याउने र नक्कली कागजात ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई प्रहरीले सार्वजनिक गरेको हो ।

भन्सार छली चोरी पैठारी गरी काठमाडौँमा गाडी ल्याई नक्कली सवारी दर्ता किताबलगायतका कागजातहरु तयार गरी कारोबार हुने गरेको सूचनाको आधारमा प्रहरीले दुईवटा हुन्डाइको क्रेटा गाडी नियन्त्रणमा लिएको जनाएको छ । उक्त गाडी प्रयोग गर्ने व्यक्तिबाट अनुसन्धान गर्दै जाँदा ब्लु बुक बनाउनेलाई पनि पक्राउ गरिएको थियो ।

पक्राउ पर्नेमा लमजुङ घर भई सामाखुसी बस्ने कमल बाबु भट्ट, भक्तपुर चाँगुनारायण बस्ने मधु सिलवाल र अरुण खड्का तथा शान्तिनगर बस्ने, मोरङका रेवतीरमण निरौला छन् । निरौलाको डेराबाट नक्कली शैक्षिक प्रमाणपत्र, सरकारी कार्यालयका छाप, झोला, लाइसेन्स, राहदानी लगाएतका सामाग्री बरामद गरिएको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दियो ।

दुवै सवारी दर्ता किताब कमल बाबु पुरीको नाममा रहेको छ । रेवती रमण निरौलाले यस्ता ब्लु बुक बनाईदिने गरेकाले उक्त नक्कली कागजातहरु विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुमा समेत दुरुपयोग भएको हुन सक्नेतर्फ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यो घटनामा निरौलाको काम देखेर प्रहरी ने छक्क परेको छ ।

पैसा तिरेपछि उनले सरकारी कागजात कीर्ते गरेर जे पनि दुरुस्तै बनाइदिने गरेका छन् निरौलाले । फार्मेसीको लाइसेन्स, एसएलसीदेखि स्नातकसम्मको ट्रान्सक्रिप्ट, सर्टिफिकेट, ट्रान्सफर सर्टिफिकेट, नागरिकता, ड्राइभिङ लाइसेन्स जम्मै बनाइदिने गरेको खुलेको छ । प्रहरीले निरौलाको फ्ल्याटबाट ५ बोरा कीर्ते कागजात, १९१ थान विभिन्न सरकारी कार्यालयका छापका साथै विभिन्न सरकारी निकाय तथा शैक्षिक संस्थाको छाप आदि बरामद गरेको छ ।

यो पनि हेर्नुहोला:

Leave a Reply

Your email address will not be published. Required fields are marked *