प्रचण्डले वाइसियलको धाक दिए पछि वरिष्ठ अधिवक्ताले सम्झाइदिए मात्रै एउटा कुरो त्यसपछि प्रचण्ड चुपचाप !

प्रचण्डले वाइसियलको धाक दिए पछि वरिष्ठ अधिवक्ताले सम्झाइदिए मात्रै एउटा कुरो त्यसपछि प्रचण्ड चुपचाप !

वाइसियलको कुरो झिकेर त्रसित बनाउँन खोज्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले स्वादिलो जवाफ दिएका छन् ।

अब पनि वाइसियलको धाक दिएर नहिडन् चेतावनी दिँदै वरिष्ठ अधिवक्ता भट्टराईले यस्ता कुरा गरेर हिड्दा अरुलाई होइन प्रचण्डलाई नै गारो पर्ने भट्टराईले बताए । २०६४ सालको जस्तो माओवादी बनाउँछु भन्नु प्रचण्डको दिवा सपना मात्रै भएको उनले ठोकुवा गरे ।

अब २०६४ सालको वाइसियल र माओवादी बनाउँन असम्भव भन्दै भट्टराईले कुनै हालतमा त्यो दिन आउँन नसक्ने जिकिर गरे । प्रचण्डलाई बोलीको ठेगान नभएको भन्दै यस्ता कुरा मानसिक विक्षिप्तताको उपज मात्रै भएको उनले बताए ।

१७ हजार मान्छे मारेर पनि संसदीय व्यवस्थामा आएको मान्छेमा यस्तो विचलन आउँनु स्वाभाविक हो भन्दै भट्टराईले यस्तो विक्षप्तता प्रचण्डमा अझै छिटो आउँनु पर्ने अझ ढिलो पो आयो त भनेर अचम्म मानेका छन् ।

प्रचण्ड जस्तो बोलीको ठेगान नभएको मान्छेको बारेमा कुरा गर्नु पनि बेकार भएको भन्दै वरिष्ठ अभिवक्ता भट्टराइले ठेगान नभएको मान्छेका बारेमा कुरा गरेर पनि केहि ठेगानमा पुग्न नसकिने बताए । प्रचण्डको बारेमा कुरा गर्नु भनेको समयको बर्वादी मात्रै भएको उनको ठहर छ ।

भट्टराईले वाइसियलको कुरा गरेर हिड्दा सत्य निरुपण .तथा मेलमिलाप अयोगमा प्रचण्ड सहितका नेताहरु विरुद्ध परेका ६० हजार उजुरीको बारेमा पनि ख्याल गर्न भनेका छन् । बेलायतमा पक्राउ परेका कर्णेल कुमार लामाको जस्तो हालत प्रचण्डको पनि हुने उनको मत छ ।वरिष्ठ अधिवक्ता विष्णु भट्टराई सँग ओटीभी नेपाल डक कमले गरेको भिडियो कुराकानी हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *