वामदेव आउने बाटो हेरिरहेका माधव नेपाल हुनेभए हेरेको हेर्यै, अध्यक्ष ओलीले चाले यस्तो कदम !

वामदेव आउने बाटो हेरिरहेका माधव नेपाल हुनेभए हेरेको हेर्यै, अध्यक्ष ओलीले चाले यस्तो कदम !

वामदेव गौतम आफ्नो पार्टी एकीकृत समाजवादीमा आउने बाटो हेरेर बसेका सो पार्टीका अध्यक्ष माधव कुमार नेपाल हेरेको हेर्यै हुने सम्भावना बढेको छ । सत्तारुढ दल नेकपा एमालेले पार्टी विभाजनपछि केन्द्रीय कमिटीको विवरण निर्वाचन आयोगमा अद्यावधिक गरेको हो ।

नेकपा एकीकृत समाजवादी ९एस० पार्टीतिर सनाखत गरेका केन्द्रीय सदस्यको नाम हटाएर एमालेले बाँकीको विवरण निर्वाचन आयोगमा पठाइएको छ ।
एमालेले अद्यावधिक गरेको विवरणमा उपाध्यक्ष बामदेव गौतम र सोमप्रसाद पाण्डे यतावत नै रहेका छन् । गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिइसकेका छन् भने पाण्डे एस पार्टीमा जान इच्छुक छन् ।

उपाध्यक्ष गौतमले एमाले छाड्न राजीनामा दिएपनि अध्यक्ष ओलीले गौतमलाई छाड्न सकेनन् । ओलीले गौतमको राजीनामा स्वीकृत नगरी बरु उनलाई एमालेमै कायम रहेको विवरण निर्वाचन आयोगमा पठाएका छन् ।

नेता पाण्डेले नेकपा एस रोज्न पाउँ भन्दै निर्वाचन आयोगमा सनाखत गर्न निवदेन दिए पनि आयोगले उनको सनाखत लिन अस्वीकार गरेको थियो । त्यसपछि निर्वाचन आयोगविरुद्ध पाण्डे र शारदादेवी भट्ट सर्वोच्चमा गएर सर्वोच्चले नेकपा एस रोज्न निवेदन दिएकै आधारमा कुनै कारवाही नगर्न अन्तरिम आदेश दिएको छ । नेकपा एसतिर गएका केन्द्रीय सदस्य विक्रम शाही समेत एमालेकै केन्द्रीय सदस्यका रूपमा यथावत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *